default_image

2 years ago

August 23, 2023

मछिन्द्रलाई हराएको मोहन बगान एएफसी कपमा छनोट

1538 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मछिन्द्र फुटबल क्लबको एएफसी कप खेल्ने यात्रामा बाधक बनेको भारतीय क्लब मोहन बगान सुपर जायन्टले एएफसी कपको समूह चरणको यात्रा तय गरेको छ ।

मंगलबार कोलकताको साल्ट लेक स्टेडियममा भएको प्लेअफ फाइनलमा बंगलादेशको अवाहानी लिमिटेड ढाकालाई ३-१ ले हराउँदै मोहन बगानले समूह चरणमा आफ्नो स्थान पक्का गरेको हो । यसअघि माल्दिभ्सको क्लब इगल्सलाई हराउँदै प्लेअफको फाइनल पुगेको अवाहानीले खेलमा अग्रता लिएको थियो ।

खेलको १७ औं मिनेटमा कोर्नेलुइस स्टेवार्टले गोल गर्दै बंगलादेशी टिमलाई अग्रता दिलाएका थिए । तर त्यो अग्रता धेरै बेर टिक्न सकेन । गोल खाएपछि सुधारिएको प्रदर्शन गरेको मोहन बगानले ३७औं मिनेटमा अष्ट्रेलियन फरवार्ड जेसन कमिंग्सको गोलबाट खेलमा फर्कियो । कमिंग्सले पेनाल्टी मार्फत गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

दोस्रो हाफको खेलमा पनि मोहन बगानकै पकड रहिरह्यो । ५९औं मिनेटमा मिलाद शेखी सोलेमानिले आत्मघाती गोल गरेपछि मोहन बगान खेलमा अघि बढेको थियो । अवाहानीले त्यसको एक मिनेट पछि नै अर्को गोल खाँदा पुनरागमन गर्न सकेन । भारतीय टोलीका लागि अर्मान्डो साडिकुले गोल थप्दै जित सुनिश्चित गरे ।

गत वर्षको एएफसी कप छनोटको प्लेअफमा पनि मोहन बगानले अवाहानीलाई ३-१ को अन्तरले नै पराजित गर्दै समूह चरणमा पुगेको थियो । सोही परिणाम दोहोर्याएको मोहन बगानले अब दक्षिण एसिया क्षेत्रबाट भारतकै ओडिशा एफसी, बंगलादेशको बसुन्धरा किंग्स र माल्दिभ्सको माजिया स्पोर्ट्ससँग प्रतिस्पर्धा गर्नेछ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.