default_image

2 years ago

August 24, 2023

नेयमारको क्लब च्याम्पियन्स लिग खेल्न भारत जाने

2764 views

0 Bookmark

एजेन्सी – विश्वप्रसिद्ध फुटबलर नेयमार सम्मिलित साउदी अरेबियन क्लब अल-हिलाल एसियाली च्याम्पियन्स लिग खेल्न भारत जाने भएको छ ।

अल-हिलाल र मुम्बई सिटी एफसी एसियाली च्याम्पियन्स लिगको समूह ‘डी’ मा परेसँगै नेयमार भारत जाने संयोग जुरेको हो । यसै साता अल हिलाल पुगेका नेयमार चोटसँग जुधिरहेका छन् । उनी केही सातामा ठिक हुने अनुमान छ ।

विश्व फुटबलमा आफ्नो पकड बनाउने उद्देश्यका साथ साउदी अरेबियाका क्लबहरुले विश्वप्रसिद्ध खेलाडीहरू भित्र्याइरहेका छन् । यसै सिजनका मात्र अल-हिलालले नेयमारसहित स्टार खेलाडी भित्र्याएको हो ।

नेयमार बाहेक पोर्चुगिज मिडफिल्डर रुबेन नेभेस, सेनेगलका डिफेन्डर कालिद कुलिबाली, मोरोक्कोका गोलरक्षक यासिन बोनो, सर्वियन मिडफिल्डर सर्गे मिलिन्कोभिच-साभिच लगायतका विभिन्न युरोपेली क्लबहरुमा राम्रो प्रदर्शन गरेका खेलाडीहरू अल-हिलालले भित्र्याएको छ । फुलहमबाट फरवार्ड एलेक्जेन्डर मित्रोभिच पनि अल हिलाल पुगेका छन् ।

बिहीबार मलेसियाको राजधानी क्वाललम्पुरमा स्थित एफसी हाउसमा भएको समूह चरण को’ड्रमा ग्रुप ‘डी’ मा यी दुई टोली लगायत उज्बेकिस्तानको नभबाहोर र इरानको नस्सजी माजनडरन रहेका छन् ।

मुम्बईले गत सिजन इन्डियन सुपर लिगको गत सिजन लिग चरणको शीर्ष स्थान हासिल गर्दै यस सिजनको महादेशीय प्रतियोगतामा आफ्नो स्थान सुरक्षित गरेको हो । मुम्बई सिटी एफसी सिटी फुटबल ग्रुप अन्तर्गत पर्दछ । सिटी फुटबल ग्रुपको स्वामित्वमा म्यानचेस्टर सिटी, न्यू योर्क सिटी एफसी, मेलबर्न सिटी एफसी जस्ता धेरै क्लबहरू पर्ने गर्दछन् ।

यस सिजनको च्याम्पियन्स लिग सेप्टेम्बरमा सुरु हुँदैछ। क्रिस्टियानो रोनाल्डो सम्मिलित अल-नसार पनि मंगलबार मात्र यस सिजनको च्याम्पियन्स लिग खेल्ने पक्का भएको थियो । युएईको शबाब अल-अहलीलाई प्लेअफमा ४-२ ले हराउदै अल – नसारले च्याम्पियन्स लिगको यात्रा तय गरेको हो । अल-हिलाल भने गत सिजनको किङ्ग कपको उपाधि जित्दै आफ्नो स्थान सुरक्षित गरेको थियो ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.