default_image

3 months ago

August 25, 2023

सावित्राको टोली फाइनल पुग्नबाट बन्चित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी सम्मिलित हापोएल रानाना महिला फुटबल क्लब इजरायलको एथेना कपको फाइनल पुग्नबाट बन्चित भएको छ । विहीबार राती भएको खेलमा लिग च्याम्पियन किर्यात गातसँग पराजित भएपछि रानानाको यात्रा सेमिफाइनलमा रोकिएको हो । युरोपेली च्याम्पियन्स लिगको छनोट खेल्ने तयारीमा रहेको किर्यात गातले ३-० को जित दर्ता […]

6011 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी सम्मिलित हापोएल रानाना महिला फुटबल क्लब इजरायलको एथेना कपको फाइनल पुग्नबाट बन्चित भएको छ ।

विहीबार राती भएको खेलमा लिग च्याम्पियन किर्यात गातसँग पराजित भएपछि रानानाको यात्रा सेमिफाइनलमा रोकिएको हो । युरोपेली च्याम्पियन्स लिगको छनोट खेल्ने तयारीमा रहेको किर्यात गातले ३-० को जित दर्ता गर्दै फाइनलमा स्थान पक्का गर्यो ।

पछिल्लो खेलमा फराकिलो हार बेहोरेको रानानाले लिग च्याम्पियनविरुद्ध भने राम्रो प्रदर्शन गर्यो । नेपाली फरवार्ड साम्बाले बलियो प्रतिद्वन्द्वीविरुद्ध केहि अवसर पाएपनि विपक्षी गोलरक्षक बाधक बन्दा गोल गर्न सकिनन् ।

यसअघि रानानाको लागि डेब्यु खेलमा सावित्राले १ गोल र १ असिस्ट गर्दै टोलीलाई २-० को जित दिलाएकी थिइन् । सोहि खेल रानानालाई समूह उपविजेता बन्दै सेमिफाइनलमा पुर्याउन निर्णायक बनेको थियो । दोस्रो खेलमा हापोएल जेरुसलम विरुद्ध रानाना ६-० ले पराजित भएको थियो ।

एथेना कपको फाइनल अब किर्यात गात र हापोएल जेरुसलम खेल्नेछन् । दुवै टोलीले रानानालाई पराजित गरिसकेका छन् ।

अब रानानाले अर्को विहीबार लिग अन्तर्गत पहिलो खेल खेल्नेछ । सावित्राले रामात हासारोनविरुद्ध खेल्दै लिग डेब्यु गर्नेछिन् ।

November 28, 2023

चितवन र काठमाडौं पहिलो हाफमा गोलरहित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिगको दोस्रो संस्करण अन्तर्गत दशरथ रंगशालामा जारी खेलमा साविक विजेता काठमाडौं रेजर्स र एफसी चितवनले गोलरहित पहिलो हाफ खेलेका छन् । खेल प्रतिस्पर्धात्मक भएपनि कुनै टोलीले स्पष्ट मौका भने सिर्जना गर्न सकेका छैनन् । खेलको सुरुवातमै चितवनका विमल घर्ती मगरको थ्रु पासमा रफिक अमिनु पुग्नु अघि काठमाडौं गोलरक्षक अभिषेक […]

November 28, 2023

काठमाडौं र चितवनको भिडन्त आज

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिगको दोस्रो संस्करण अन्तर्गत आजको खेलमा काठमाडौंं रेजर्स र एफसी चितवन खेल्दैछन् । खेल साँझ ५:३० बजे दशरथ रंगशालामा सुरु हुनेछ । दुवै टोली आफ्नो दोस्रो खेल खेल्दैछन् । दुवै टोलीको पहिलो खेलको कथा भने फरक थियो । चितवनलाई धेरैले यस संस्करणको उपाधि दाबेदार मानेका छन् । तर पहिलो […]

November 27, 2023

एनएसएलको विदेशी गोलरक्षकमा इच्छा, नेपालीलाई उपेक्षा

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय फुटबल टोलीका लागि गोलरक्षक किरण चेम्जोङले सबैभन्दा धेरै खेल खेलेका छन् । राष्ट्रिय टोलीको लागि १ सय खेल खेल्ने दुर्लभ उपलब्धि नजिक पुगेका उनी उमेरले ३४ वर्ष पुगिसकेका छन् । लामो समय किरणलाई राष्ट्रिय टोलीमा साथ दिएका विशाल श्रेष्ठ र विकेश कुथु पनि राष्ट्रिय टोलीबाट पछिल्लो समय बाहिर छन् । […]

Success

Thank you for your time.