2 years ago
August 26, 2023
एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिष्टियानो रोनाल्डोको ह्याट्रिक सहयोगमा अल नासरले साउदी प्रो लिगमा सानदार जित दर्ता गरेको छ ।

अल नासरले अल फाटे एफसीमाथि ५–० को फराकिलो जित निकालेको हो । दुई गोल यस समरमा अल नासर आएका सेनेगली फरवार्ड साडियो मानेको नाममा रह्यो ।
साउदी प्रो लिगमा सुरुवाती दुई खेल गुमाएको अल नासरको यो पहिलो जित हो । यस अघि अल नासरले अल इतिफक र अल ताओनसँग हार बेहोरेको थियो ।
प्रिन्स अब्दुल्लाह विन जलावी स्पोर्ट्स सिटी स्टेडियम अल हासामा शुक्रबार राति गोलको वर्षा भएको खेलको २७औं मिनेटमा मानेको गोलबाट अल नासरले १–० को अग्रता लिन सफल भयो । उनले रोनाल्डोको पासलाई सदुपयोग गरे ।
३८औं मिनेटमा रोनाल्डोले सुल्तान अल घनामको पासमा गोल गर्दै अल नासरलाई पहिलो हाफमा २–० को हग्रता दिलाए । ५५औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै अल नासरलाई सहज जिततर्फ अघि बढाए । यसपटक रोनाल्डोले अब्दुलरहमान घारिवको पासलाई सदुपयोग गरे ।

८१औं मिनेटमा मानेले घारिवकै पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै अल नासरलाई ४–० ले अघि बढाए । त्यसपछि इन्ज्युरी समयको थप गरिएको छैटौं मिनेटमा रोनाल्डोले नवाफ अल बोउसेलको पासमा ह्याट्रिक पूरा गर्दै अल नासरलाई ५–० को सानदार जित दिलाए ।
नयाँ सिजनको दोस्रो खेलमै रोनाल्डोको यो पहिलो ह्याट्रिक हो । यसजितसँगै अल नासर ३ खेलबाट ३ अंक जोडेर १०औं स्थानमा उक्लिएको छ । पराजित अल फाटे ४ अंक जोडेर आठौं स्थानमा छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]