default_image

2 years ago

August 26, 2023

रियलको जितमा बेलिङहमको गोल

1491 views

0 Bookmark

एजेन्सी – इंग्लिस युवा मिडफिल्डर जुड बेलिङहमको निर्णायक गोलमा रियल म्याड्रिडले स्पेनिस ला लिगामा लगातार तेस्रो जित निकालेको छ ।

रियलले सेल्टा भिगोमाथि उसकै मैदानमा १–० को जित निकालेको हो । रियलको जितमा २० वर्षीय बेलिङहमले गरेको गोल नै निर्णयक बन्यो । उनले ८१औं मिनेटमा गोल गर्न सफल भएका थिए ।

सेल्टाको घरेलु मैदान एवान्का वालाइडोस भिगोमा शुक्रबार राति भएको खेलको तेस्रो मिनेटमै जर्गेन स्ट्रान्डले गोल गरेपछि भिएआरबाट मान्यता नपाउँदा घरेलु टोली अग्रता लिनबाट चुक्यो । १८औं मिनेटमा रियलका भिनिसियस जुनियर घाइते भएर मैदान छाड्न पुगे । उनको स्थान जोसेलुले लिए ।

६८औं मिनेटमा रोड्रिगो पेनाल्टीमा चुक्दा रियलले अग्रता लिन सकेन । पेनाल्टी बक्समा बेलिङहमले तीन डिफेन्डरबीचबाट दिएको पासमा रोड्रिगोलाई गोलरक्षक इभान भिलारले फउल गर्न पुगेपछि रेफ्रीले सिधै रियललाई पेनाल्टी प्रदान गर्दा रोड्रिगोले गोल गर्न सकेनन् । उनको पेनाल्टीलाई गोलरक्षक भिलारले बचाइदिए ।

८१औं मिनेटमा बेलिङहमले गोल गर्दै रियललाई १–० को अग्रता दिलाए । उनले जोसेलुको पासमा गोल गर्न सफल भए । यससँगै बेलिङहम ला लिगाको सुरुवाती तीन खेलमै गोल गर्ने खेलाडी बनेका छन् ।

यसअघि क्रिष्टियानो रोनाल्डोले लगातार सुरुवाती तीन खेलमै गोल गर्न सफल भएका थिए । यसै समरमा रियल आएका उनले तीन खेल ४ गोल र १ असिस्ट प्रदान गरेका छन् ।

रियलको यो लगातार तेस्रो जित हो । यसअघि रियलले एथलेटिको बिल्वाओ र अल्मेरियालाई पराजित गरेको थियो । लगातार तेस्रो जितसँगै शीर्षस्थानमा रहेको रियलको ३ खेलबाट ९ अंक पुगेको छ । पराजित सेल्टा ३ खेलबाट १ अंक जोडेर १६औं स्थानमा छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.