9 years ago
January 15, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – चौथो र छैटौं संस्करणको विजेता इमेज च्यानल र डिफेन्डिङ च्याम्पियन कान्तिपुर मिडिया ग्रुप आठौं मिडिया कप फुटबल प्रतियोगितामा आइतबार फाइनलमा प्रवेश गरेका छन् ।

७ टिम सहभागी प्रतियोगिताको लिग खेलमा दुवै आ–आफ्नो समूहबाट विजेता बन्दै सेमिफाइनलमा पुगेका थिए । इमेज समूह ‘बी’ तथा कान्तिपुर समूह ‘ए’ को विजेताका हैसियतले सेमिफाइनल पुगेका थिए ।
नेपाल ओलम्पिक संग्राहलयको आयोजनामा भइरहेको प्रतियोगिताको पहिलो सेमिफाइनलमा इमेजले नव प्रवेशी टिम एपी वान टेलिभिजनलाई १–० गोलले पराजित ग¥यो । पेमा लामाले पेनाल्टी अवसरलाई सदुपयोग गर्दै गरेको गोलनै निर्णायक बन्यो । पेमा ‘म्यान अफ द म्याच’ चुनिए ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको अर्को सेमिफाइनलमा कान्तिपुरले रेडियो नेपाललाई ३–२ गोलले हरायो । कान्तिपुरका लागि तीनै गोल ‘म्यान अफ म्याच’ सुरज मोक्तानले गरे । रेडियो नेपालबाट पुनित बस्नेत र शम्भु यादवले १–१ गोल फर्काए । फाइनल मंगलबार हुनेछ । विजेताले ५० हजार उपविजेताले २५ हजार नगद पुरस्कार हात पार्नेछन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]