default_image

2 years ago

August 27, 2023

एमएलएसमा मेस्सीको गोल

2270 views

0 Bookmark

एजेन्सी – इन्टर मायमीलाई एउटा उपाधि दिलाउन महत्वपूर्ण योगदान गरेका लियोनल मेस्सीले मेजर लिग सकर (एमएलएस) मा डेब्यू गरेका छन् । मेस्सीले एमएलएसको डेब्यू खेलमै गोल गरेपछि मायमीले आइतबार विहान न्यूयोर्क रेडबुल्सलाई २–० ले हराएको छ ।

मेस्सी यस खेलमा सुरुवाती ११ मा परेका थिएनन् । प्रशिक्षक जेरार्डो मार्टीनोले उनलाई विश्राम दिएका थिए। मेस्सीको बिना मैदानमा उत्रिएको मायामीले राम्रो खेल प्रदर्शन गरेको थियो ।

मायामीले ३७औं मिनेटमा अग्रता लियो। डिएगो गोमेजले नोआह एलेनको पासमा सटिक फिनिश गर्दै मायामिलाई सुरुवाती अग्रता दिलाएका थिए।

मेस्सी खेलको ६०औं मिनेटमा मैदान भित्रिदै अमेरिकी शीर्ष श्रेणीको लिगमा आफ्नो डेब्यु गरे । मैदानमा थोरै समयका लागि भ उनले गोल गर्दै आफ्नो टिमको जीत सुनिश्चित भने गरे ।

८९औं मिनेटमा जोर्डि अल्बाको उत्कृष्ट पास मेस्सीले बक्स भित्र पाएका थिए । त्यसपछि उनले चार डिफेन्डरलाई चकित पार्दै बेन्जामिन क्रेमासीलाई थ्रु-बल दिए । क्रेमासीले मेस्सीलाई नै खाली रहेको अवस्थामा पास दिएपछि मेस्सीले सहज गोल गर्दै जित सुनिश्चित गरे ।

सात पटकको बालोन डि ओर विजेता अर्जेन्टिनाका कप्तान मेस्सी यहि सिजन मायमीमा आबद्ध भएका थिए । मेस्सी र उनका पूर्व क्लब बार्सिलोनाका केहि सहकर्मी मायमीमा आबद्ध भएसँगै टोलीले उच्च प्रदर्शन गरेको छ ।

मेस्सीको यो अमेरिकामा ९ खेलमा ११औं गोल हो । उनले यस अघि लिग्स कप र युयस ओपन कपमा आफ्नो सहभागिता जनाइसकेका छन् । उनकै नेतृत्वमा मायमीले इतिहासको पहिलो उपाधि समेत जितेको थियो ।

जित सँगै मायामी एमएलएस पूर्वीय कन्फरेन्सको पुछार बाट माथि उक्लेको छ। २३ खेल खेलेको मायामीको २१ अंक रहेको छ।

एमएलसमा २९ टोलीको सहभागिता छ । मायमी पुछारबाट तेस्रो स्थानमा छ । यसअघिका ११ खेलमा लगातार हार समेत बेहोरेको मायमीको अहिले २१ अंक छ ।

अमेरिकी लिगमा रहेका टिमहरू दुई कन्फरेन्समा विभाजित रहेर लिग खेल्ने गर्छन् । हरेक कन्फरेन्सबाट ९ टिम प्लेअफमा प्रवेश गर्नेछन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.