default_image

9 years ago

January 15, 2017

गुआर्डीओलाको सिटीलाई एभर्टनको चार गोल

101 views

0 Bookmark

मर्सीसाइड (एजेन्सी) – आइतबार भएको इङ्गलिश प्रिमिएर लिग अन्तर्गत म्यानचेस्टर सिटि र एभर्टनबिचको खेलमा घरेलु टोलीले पेप गुआर्डीओलाको म्यानचेस्टर सिटिलाई ४-०को भारी अन्तरले पराजित गरेको छ।

Manchester City manager Pep Guardiola looks dejected

रोमेलु लुकाकुको ३४औं मिनेटको गोलले अघि बढेको एभर्टनले केभिन मिरलासले दोश्रो हाफको सुरुवातमै गोल गरेपछि दुइ गोलको अग्रता लिएको थियो। खेलको अन्त्यतिर टम डेभिस र पहिलो खेल खेल्दै गरेका लुकम्यानले गोल गरेपछि एभर्टनले ४-० को जित हासिल गरेको हो।

यो हार स्पेनिश प्रशिक्षक पेप गुआर्डीओलाको अहिलेसम्मकै सबैभन्दा खराब हार पनि रहेको छ। यसै सिजन म्यानचेस्टर सिटि आइपुगेका गुआर्डीओलाको सुरुवात राम्रो भएपनि केहि सातायता टोलीको प्रदर्शन सुस्ताएको छ। सिटि प्रिमिएर लिगको अंक तालिकामा ४२ अंकसहित पाँचौ स्थानमा छ। शिर्ष स्थानमा रहेको चेल्सीको ५२ अंक रहेको छ।

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

December 11, 2025

वसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]

December 11, 2025

आर्सनलको‌ लगातार जित

एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]

Success

Thank you for your time.