default_image

2 years ago

August 27, 2023

बार्सिलोना ७ गोलको खेलमा विजयी

2523 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबार भएको खेलमा बार्सिलोनाले भिल्लारियल माथि रोमाञ्चक जित हासिल गरेको छ ।

बार्सिलोनाकको ४-३ को जितमा गाभी, फ्रेंकी डी योङ, रोबर्ट लेवान्डोस्की र फेरान टोरसले १-१ गोल गरे । भिल्लारियलका लागि जुआन फोइथ, अलेक्जेन्डर सर्लठ र एलेक्स बाएनाले १-१ गोल गरे ।

बार्सिलोनाले खेलमा दुई गोलको सुरुवाती अग्रता गुमाउँदै एक समय तीन गोल खान पुगेको थियो । तर पछि परेको अवस्थालाई फेरि उल्टाउँदै बार्सिलोनाले तीन अंक जोड्न सफल भयो ।

सुरुवाती समयमा भिल्लारियलले दबाब सिर्जना गरेको थियो। खेलको चौथो मिनेटमा भिलारियलका स्टाइकर अलेकज्यानडर सरलठले जुवान फोइथको राम्रो पासमा बललाई जालिको दिशा देखाएपनि उनलाई भी.ए.आरले अफसाइड करार गर्यो ।

सातौं मिनेटमा अलेक्स बाएनाको सट पोस्टको केही टाढा बाट बाहिरियो । दशौं मिनेटमा जेरार्ड मोरेनोको प्रयास टर स्टेगनले आफ्नो खुट्टाले बचाउ गरे ।

तर मौकाहरुको सदुपयोग गर्न नसक्दा भिलारियलले खेलमा खासै प्रभाव भने पार्न सकेन । त्यसपछिको पाँच मिनेटमा बार्सिलोनाले दुई गोलको अग्रता बनाउन सफल भयो ।

बार्सिलोनाले खेलको १२औं मिनेट गाभीको गोलको मद्दतले अग्रता लियो । १६ वर्षीय लामीन यमालको पासमा १९ वर्षीय गाभीले हेड मार्फत गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

१५औं मिनेटमा फ्रेन्की डी यङले अग्रता दोब्बर पारे । रोबर्ट लेवान्डोस्कीको पास भिल्लारीयलको डिफेन्डरलाई लागेर खाली रहेका फ्रेंकीको सामु आएपछि उनले सजिलै बललाई गोलपोस्टको दिशा दिए ।

२५औं मिनेट पेड्राजाको सट टर स्टगनले बचाएपछि भिल्लारियलले कर्नर पयो । त्यही कर्नरमा फोइथले गोल गर्दै बार्सिलोनाको अग्रता एक गोलमा ल्याए ।

त्यसपछि फेरि खेलमा भिलारियलले बलमा दबाब बनाइरहेको थियो । ३१औं मिनेटमा बाएनाको फ्री-किक टर स्टेगनले सजिलै बचाए ।

४०औं मिनेटमा सरलठले गोल गर्दै खेल बराबरीमा ल्याए । मोरेनोले दिएको सुन्दर पासले पेड्राजालाई खाली भेटाएपछि उनले सरलठका लागि सजिलै गोल गर्ने मौका सृजना गरे । सरलठले सजिलै बललाई गोल्पोस्टको दिशा देखाएका थिए ।

५०औं मिनेटमा भिल्लारियलले खेलमा अग्रता लियो। बाएनाले पेड्राजाको पासमा सुन्दर फिनिस गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेल्न दुई गोलको अग्रता गुमाएको बार्सिलोनाले केही सुधारिएको प्रदर्शन गर्न थाल्यो । ५६औं मिनेट यमालको सट फ्रेममा लागेर फर्कियो । ६०औं मिनेटमा लेवानडोस्कीको कडा प्रहार भिलारियल गोलरक्षक जोर्गेन्सनले राम्रो बचाउ गरे । ६५ मिनेटमा मार्कोस अलन्सोले गरे प्रहार जोर्गेन्सनले सजिलै बचाए ।

६८औं मिनेटमा बार्सिलोनाले खेलमा बराबरी गर्यो । पाँच मिनेट अगाडि मैदान प्रवेश गरेका फेरान टोरेसले गोल गर्दै खेललाई ३-३ मा ल्याए ।

त्यसको दुई मिनेट बित्न नपाउँदै बार्सिलोनाले खेलमा फेरि पनि अग्रता लियो । यमालले गरेको प्रहार पोस्टमा लागेर लेवानडोस्कीको सामु पुगेपछि उनले सजिलै बललाई गोल्पोस्टमा पुराएर बार्सिलोनालाई अग्रता दिए । यो उनको यस सिजनको पहिलो गोल समेत हो ।

बार्सिलोनाले त्यसपछि पनि धेरै अवसर सिर्जना गर्यो । ८३औं मिनेटमा अन्सु फाटीको सट जोर्गेन्सनले बचाउ गरे । त्यसको तीन मिनेट पश्चात फाटीकै भली प्रहारले गोल्पोस्टको दिशा लिन सकेन ।

यस जितपछि बार्सिलोनाले तीन खेलमा सात अंक जोड्दै तेस्रो स्थानमा रहन सफल भएको छ । पराजित भिल्लारियल एक जित र दुई हारमा तीन अंक सहित १३औं स्थानमा रहेको छ । रियल मड्रिड ९ अंकसहित तालिकाको पहिलो स्थानमा रहेको छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.