default_image

2 years ago

August 28, 2023

मान्सिनी बने साउदी अरबको मुख्य प्रशिक्षक

478 views

0 Bookmark

एजेन्सी – इटालियन प्रशिक्षक रोबर्टो मान्सिनी साउदी अरबको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । इटालीको राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिएको दुई सातापछि मान्सिनी साउदी अरबको मुख्य प्रशिक्षक बनेका हुन् ।

उनी सन् २०२७ सम्म साउदीको मुख्य प्रशिक्षक रहने छन् । कोस्टा रिकाविरुद्धको खेल उनको पहिलो खेल हुनेछ । कोस्टा रिकासँगको खेल ८ सेप्टेम्वरमा हुनेछ ।

‘यो मेरा लागि राम्रो अवसर हो । एसियामा बढ्दो फुटबलको लोकप्रियतालाई हेरेर नयाँ देशको अनुभव लिने अवसर पनि हो ।’ मान्सिनीले भनेका छन् । पछिल्लो विश्वकपमा साउदी अरबले समूह चरणको खेलमा विश्व विजेता बनेको अर्जेन्टिनालाई पहिलो खेलमा २–१ ले स्तब्ध बनाएको थियो ।

५८ वर्षीय मान्सिनीले इटालीलाई सन् २०२० को युरोकपको उपाधि जिताएका थिए । वेम्बलीमा भएको फाइनलमा इंग्ल्याण्डलाई पेनाल्टीमा हराउँदै इटालीले युरोकप जितेको थियो ।

३७ खेलमा अपराजित रहेर कीर्तिमान बनाएपनि मान्सिनीले इटालीलाई सन् २०२२ को विश्वकपमा भने छनोट गराउन सकेका थिएनन् ।

मान्सिनीले सन् २०१२ मा म्यानचेस्टर सिटीलाई इंग्लिस प्रिमियर लिगको उपाधि दिलाएका थिए । उनले फियोरेन्टिना, लाजियो, इन्टर मिलान, गालाटासारे र जेनिथ सेन्ट पिटर्सवर्गको प्रशिक्षण सम्हालिसकेका छन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.