default_image

2 years ago

August 29, 2023

गोलरक्षक नोएर अभ्यासमा फर्किए

1041 views

0 Bookmark

एजेन्सी – चोटमुक्त भएर बायर्न म्युनिखका गोलरक्षक म्यानुएल नोएर सोमबार प्रशिक्षणमा फर्केका छन् । डिसेम्बरमा खुट्टामा चोट लागेपछि नोएर मैदान बाहिर थिए ।

बायर्नले सोमबार विज्ञप्ती जारी गर्दै भनेको छ, ‘३७ वर्षे कप्तानले अन्य गोलरक्षकसँग अभ्यासको सेसन पूरा गरेका छन् । पूनरागमनका लागि उनी एकदम अघि बढेका छन् ।’

यद्दपी नोएरको प्रशिक्षणको विस्तृत विवरण भने क्लबले दिएको छैन । उनी खेलका लागि तयार छन् वा छैनन् भन्ने प्रष्ट छैन । क्लबले प्रशिक्षणमा उनले बल रोक्दै गरेको तस्बिर सार्वजनिक गरेको छ । डिसेम्बर १ मा विश्व कपमा जर्मनीको खेल नै उनको पछिल्लो खेल थियो ।

नोएर पछि क्लबको रोजाईमा रहेका स्भेन उल्रिचले यो सिजनका सुरुवाती सबै तीन खेलमा गोलको सामना गरेका छन् । जसमा आइतबार अग्सबर्गमाथि ३–१ को जित रहेको छ । टोलीमा नयाँ आबद्ध गोलकिपपर डानियल पिरेट्जसँगै नुयोरले अभ्यास गरेको क्लबले जनाएको छ । जर्मन च्याम्पियन टोलीलाई थप मजबुत बनाउन शुक्रबार मात्र ड्यानिललाई भित्र्याएको थियो ।

बायर्नले सिजनको पहिलो खेलका रुपमा रहेको जर्मन कपमा लाइप्जिगसँग ३–० ले पराजित भएको थियो । यो सिजनको सुरुवातमा टोटेनहमबाट ल्याइएका इंग्ल्यान्डका कप्तान ह्यारी केनको उच्च प्रदर्शनबाट प्रेरित बायर्नले बुन्डिस लिगका सुरुवाती दुई खेल जितेको छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.