default_image

2 years ago

August 29, 2023

आहा रारा गोल्ड कपमा ३ लाख बढी बचत

496 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)– मोफसलको प्रतिष्ठित आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको पछिल्लो संस्करणमा ३ लाख रुपैयाँ भन्दा केहि बढी रकम बचत भएको छ ।

आयोजक सहारा क्लब पोखराले मंगलबार पत्रकार सम्मेलन गर्दै आहा राराको २२ औं संस्करणको आयव्यय विवरण सार्वजनिक गरेको हो । प्रतियोगिताको आर्थिक संकलन उप समितिका संयोजक सुनिल गुरुङका अनुसार आहा रारा गोल्डकपमा ९४ लाख ६५ हजार ६ सय २६ रुपैयाँ आम्दानी, ९१ लाख ४६ हजार ९ सय ६९ रुपैयाँ खर्च र ३ लाख १८ हजार ६ सय ५७ रुपैयाँ बचत भएको बताएका छन् ।

गत पुस १४ देखि २३ गते सम्म पोखरा रंगशालामा भएको आहा रारा गोल्डकपमा ६४ लाख ५८ हजार ८ सय ६६ रुपैयाँ प्रायोजन वापत रकम संकलन भएको थियो । मुख्य प्रायोजक हिम श्री फुड्सले प्रालिले २२ लाख २५ हजार रुपैयाँ सहारालाई उपलब्ध गराएको बताइएको छ ।

पोखरा महानगरपालिकाले १० लाख, राष्ट्रिय खेलकुद परिषदले ५ लाख ५० हजार, गण्डकी प्रदेश खेलकुद परिषद्, बार्दली मिडियाबाट समान ५ लाख, सहारा क्लब हङकङ, गोर्खा ब्रुअरीबाट समान ३ लाख, हिमांश एजुकेशन कन्सल्टेन्सीबाट २ लाख, चरक मेमोरियल हस्पिटलबाट १ लाख ५० रुपैयाँ प्राप्त भएको क्लबले जनाएको छ ।

त्यस्तै मुलबेरी इन्सटिच्युट अफ हस्पिटालिटी, मुग्लान रेस्टुरेन्ट, रुपाकोट सुनचाँदी पसल, माइ पे स्मार्टकार्डबाट १ लाख रुपैयाँ सहयोग गरेको क्लबले जनाएको छ । १० टोलीको सहभागिता रहेको प्रतियोगितामा टिकट विक्रीबाट १७ लाख ९८ हजार ९ सय ३० हजार रुपैयाँ संकलन भएको क्लबले बताएको छ । प्रतियोगिताको उपाधि ए डिभिजन टोली संकटा क्लबले जितेको थियो ।

मुख्य प्रायोजकबाट एक लाख बराबरको रारा तयारी चाउचाउ दर्शकहरुलाई वितरण गरिएको क्लबले जनाएको थियो । टेल्जी स्कुटरले उत्कृष्ट खेलाडीलाई प्रायोजन वापत १ लाख २५ हजार रुपैयाँ, एक्सटेप स्पोर्ट्स वयर काठमाण्डौबाट स्वयंसेवक पोशाक प्रायोजन बापत १ लाख, बुद्ध एयरबाट पोखरा काठमाडौंको २६ थान हवाई टिकट तथा सहारा यु.के.द्वारा म्यान अफ द म्याच ट्रफी सहित नगद, वेस्ट अफ फाइब ट्रफी र अन्य ट्रफी मेडल गरी २ लाख २० रुपैयाँ बराबरको सहयोग प्राप्त भएको क्लबले जानकारी दियो ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.