9 years ago
January 16, 2017
म्याड्रिड (एजेन्सी) – स्पेनिश ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा सेभिल्लाले रियल म्याड्रिडलाई २-१ले पराजित गरेको छ।

यसै साता कोपा डेल रे अन्तर्गत भएको खेलमा ३-३को बराबरी खेलेका यी दुई टोलीबिचको खेलमा म्याड्रिडले क्रिस्टियानो रोनाल्डोको गोलले अग्रता लिएको थियो। रोनाल्डोले पेनाल्टिमार्फत म्याड्रिडलाई अघि बढाएका थिए।
तर, खेलको ८५औं मिनेटमा सर्जियो रामोसले आफ्नै पोष्टमा गोल गरेपछि खेल बराबरीमा आइपुगेको थियो। खेलको ९०औं मिनेटमा भिटोलोको पासलाई सदुपयोग गर्दै स्टेभन योभेटिचले गोल गरेपछि सेभिल्लाको जित सम्भव भएको थियो।
यस हारसंगै रियलको ४०खेलको अपराजित यात्रा टुङ्गिएको छ। सिजनको पहिलो हार व्यहोरेपनि अंक तालिकामा रियल शिर्षस्थानमै छ। ४० अंक जोडेको रियलले ३९अंक बोकेको सेभिल्ला र ३८अंक भएको बार्सिलोना भन्दा १ खेल कम खेलेको छ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]