3 months ago
August 31, 2023
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका स्पेनिस युवा फरवार्ड अन्सु फाती इंग्लिस क्लब ब्राइटन होव अल्वियोनमा जाने भएका छन् । बार्सिलोनाले आश्चर्यचकित रुपमा स्टार खेलाडीको रुपमा हेरिएको युवा फरवार्ड फातीलाई एक सिजनको लागि लोनमा पठाउन सहमत भएको बुझिएको छ । चोट र खराव फर्मका कारण फाती पछिल्लो समयमा पहिलो रोजाईमा पर्न सकेका थिएनन् । बार्सिलोनाको अग्रपङ्ति […]
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका स्पेनिस युवा फरवार्ड अन्सु फाती इंग्लिस क्लब ब्राइटन होव अल्वियोनमा जाने भएका छन् ।
बार्सिलोनाले आश्चर्यचकित रुपमा स्टार खेलाडीको रुपमा हेरिएको युवा फरवार्ड फातीलाई एक सिजनको लागि लोनमा पठाउन सहमत भएको बुझिएको छ ।
चोट र खराव फर्मका कारण फाती पछिल्लो समयमा पहिलो रोजाईमा पर्न सकेका थिएनन् । बार्सिलोनाको अग्रपङ्ति राम्रो हुँदा फातीलाई बेचेर बार्सिलोनाले इंग्लिस क्लब म्यानचेस्टर सिटीका डिफेन्डर जोआओ क्यान्सेलोलाई अनुबन्ध गर्ने योजना बनाएको छ । फाती ब्राइटन जाने भएसँगै अब बार्सिलोनाले क्यान्सेलोको लागि प्रयास थाल्नेछ ।
सम्झौतामा २० वर्षीय फातीलाई ब्राइटनमा स्थायी खेलाडी बनाउने उल्लेख छैन । उनी एक सिजनपछि नै बार्सिलोना फर्कनेछ । सन् २०१९ मा बार्सिलोनाको सिनियर टोलीमा डेब्यु गर्दा फाती १६ वर्षको रहेको थियो । उनी बार्सिलोनाको सिनियर टोलीमा डेब्यु गर्ने दोस्रो कान्छो खेलाडी हुन् ।
फातीलाई क्लबका लेजेन्ड अर्जेन्टिनी लियोनेल मेस्सीको उत्तराधिकारीको रुपमा हेरिएको थियो । उनलाई १० नम्वरको जर्सीसमेत प्रदान गरिएको थियो ।
इंग्लिस क्लब टोटेनहम हटस्पर पनि फाती अनुबन्धमा जोडिएपनि उनी प्रशिक्षक रोबर्टो डे जर्बीको नेतृत्वमा ब्राइटनको खेल शैलीबाट प्रभावित भएर त्यही गएको अनुमान गर्न सकिन्छ ।
यदि सम्झौता योजना अनुसार अघि बढेमा ब्राइटनका लागि यो ठूलो सम्झौता हुनेछ । यो सिजन ब्राइटनले युरोपियन फुटबल (युरोपा लिग) खेल्दैछ ।
गिनी बिसाउमा जन्मेका तर गत वर्ष स्पेनको प्रतिनिधित्व गर्ने र गत वर्षको विश्वकप टोलीको हिस्सा भएका फातीलाई भविष्यको स्टार खेलाडीको रुपमा हेरिएको छ । सन् २०२१ मा बार्सिलोनासँग २०२७ सम्मको सम्झौता गरेका फातीको रिलिज क्लज १ बिलियन युरो रहेको छ ।
बार्सिलोनामा ५ सिजन बिताएका फातीले ११२ खेलमा २९ गोल गरेका छन् । २०२० देखि स्पेनको टोलीमा रहेका उनले ९ क्याप जित्दा २ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।
December 3, 2023
दिपक बोहरा ,पाँचथर झापाको बिर्तामोड युनाइटेड कठिन जित निकाल्दै पाँचथरमा जारी प्रथम किराँत गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा आइतबार इलामको रेडहर्स क्लबलाई १-० ले बिर्तामोड सेमिफाइनलमा पुगेको हो । श्याम मुर्मुको गोलमा बिर्तामोड विजयी भएको थियो । बिर्तामोड युनाइटेडले अनुभवी खेलाडी योगेश गुरुङ र ‘बि’डिभिजन खेलेका युवा खेलाडी सम्मिलित टोली उतारेको […]
December 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – अन्तिम समयमा मार्की खेलाडी एरिक विष्टको उत्कृष्ट फ्रिकिक गोलको मद्दतले बुटवल लुम्बिनी एफसीले नेपाल सुपर लिगको दोस्रो संस्करणमा स्पोर्टिङ इलामविरुद्ध २-१ को जित हासिल गरेको छ । खेल १-१ को अवस्थामा रहेको बेलामा उनले झन्डै ३५ यार्ड टाढाबाट फ्रिकिकमा उत्कृष्ट गोल गर्दै आफ्नो टोलीको पहिलो जित पक्का गराए । खेल अवधिभर […]
December 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग अन्तर्गत दशरथ रंगशालामा जारी खेलमा स्पोर्टिङ्ग इलाम एफसी र बुटवल लुम्बिनी एफसीले गोलरहित पहिलो हाफ खेलेका छन् । पहिलो हाफको अवधिभर इलामले नै खेलमा बढी बल राखेको छ र मौकाहरु सृजना गरेको छ । बुटवलका लागि भने जिलेस्पी जंग कार्कीले एक अवसर सिर्जना गर्नु बाहेक अरु स्पष्ट अवसर […]