default_image

2 years ago

August 31, 2023

म्यानचेस्टर युनाइटेड र बायर्न म्युनिख च्याम्पियन्स लिगमा एकै समूहमा

2732 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर युनाइटेड र बायर्न म्युनिख युइएफए च्याम्पियन्स लिग अर्थात् युरोपेली च्याम्पियन्स लिगको एकै समूहमा परेका छन् । मोनाकोमा बिहीबार राती भएको ड्रमा यी दुई टोली एकै समूहमा परेका हुन्।

समूह ए मा म्यानचेस्टर युनाइटेड, बायर्न म्युनिख, डेनमार्कको एफ.सि. कोपनहेगन र टर्कीको गालातासाराय परेका छन् ।

गत सिजनको विजेता म्यानचेस्टर सिटीको समूह जी मा आर.बी. लाइपजिग, रेड स्टार बेलग्रेड र योङ्ग ब्वाइज अटाएका छन्। फ्रान्सको लिग विजेता प्यारिस सेन्ट जर्मान (पिएसजी) को समूह भने कठिन परेको छ। उक्त ग्रुपमा बोरुस्सिया डोर्टमुन्ड, ए.सि. मिलान र प्रतियोगितामा फर्किएको न्यूक्यासल युनाइटेड रहेका छन्। उक्त समारोहमा यस वर्षका उत्कृष्ट वर्ष पुरुष र महिला खेलाडीको घोषणा हुँदैछ।

२०२३/२४ समूह चरणको समीकरण यसप्रकार छ ।

समूह ‘ए’
बायर्न म्युनिख
म्यानचेस्टर युनाइटेड
एफ.सि. कोपनहेगन
गालातासाराय

समूह ‘बी’
सेभिल्ला
आर्सनल
पि.एस.भी आइन्ढोभन
आर.सि. लेन्स

समूह ‘सी’
नापोली
रियल म्याड्रिड
एस.सि. ब्रागा
युनियन बर्लिन

समूह ‘डी’
बेन्फिका
इन्टर मिलान
आर। बि। साल्सबर्ग
रियल सोसेईडाड

समूह ‘ई’
फेयनूर्ड
एटलेटिको म्याड्रिड
एस.एस. लाजियो
सेल्टिक

समूह ‘एफ’

प्यारिस सेन्ट जर्मान (पि.एस.जी)
बोरुस्सिया डोर्टमुन्ड
ए।सि। मिलान
न्यूक्यासल युनाइटेड

समूह (जी)
म्यानचेस्टर सिटी
आर.बी. लाइपजिग
रेड स्टार बेलग्रेड
योङ्ग ब्वाइज

समूह ‘एच’
बार्सिलोना
एफ. सि. पोर्टो
शक्तर डोनेत्सक
रोयल एन्टवर्प

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.