2 years ago
August 31, 2023
एजेन्सी – अर्जेन्टिनी सुपरस्टार लियोनेल मेस्सीलाई पछिपार्दै म्यानचेस्टर सिटी तथा नर्वेका एर्लीङ हालान्डले यूईएफए पुरुष वर्ष खेलाडी २०२३ उपाधि जितेका छन्। मोनाकोमा भएको एक समारोहकाबीच उनले यस उपाधि हात पारेका हुन्।

अर्जेन्टिनी खेलाडी लियोनेल मेस्सी र आफ्नै टिमका केभिन डी ब्रुइनलाई पछि पार्दै उपाधि जितेका हुन् । गत सिजन मात्र म्यानचेस्टर सिटी गएका हालान्डले पहिलो सिजन मै प्रिमियर लिग, एफ.ए. कप र च्याम्पियन्स लिग सहित प्रतिष्ठित ट्रेवल जितेका थिए।
हालान्डले गत सिजन क्लब र देशका लागि ६२ खेलमा ६० गोल गरेका थिए । उनले पहिलो प्रिमियर लिग सिजनमै मोहम्मद सालाह एक सिजनको गोल रेकर्ड तोड्दै ३६ गोल गरेका थिए । उनले च्याम्पियन्स लिगमा ११ खेलमा १२ गोल गरेका थिए ।
यस्तै महिलातर्फ बार्सिलोना र स्पेनकी आईटाना बोनमाटीले वर्ष उत्कृष्ट खेलाडी अवार्ड जितेकी छिन् । उनले गत सिजन बार्सिलोनाका लागि स्पेनिस शीर्ष डभिजनको उपाधि, सुपरकोपा र च्याम्पियन लिग जितेकी थिइन् ।
उनले केही दिन अघिमात्र सम्पन्न महिला विश्वकपको उपाधि समेत जितेको हुन् । उनी विश्वकपमा उत्कृष्ट खेलाडी समेत चुनिएकी थिइन् ।

म्यानचेस्टर सिटीका स्पेनिस प्रशिक्षक पेप गार्डीओलाले उत्कृष्ट पुरुष वर्ष प्रशिक्षकको अवार्ड जिते । उत्कृष्ट महिला प्रशिक्षक इंग्ल्यान्डकी सरिना विगमन बनिन्। उनकै प्रशिक्षणमा इंगल्यान्ड महिला विश्वकपको फाइनल पुगेको थियो । फाइनलमा भने स्पेनसँग पराजित हुन पुगेको थियो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]