9 years ago
January 16, 2017
काठमाडौं (हाम्रो खेलकुद)– पूर्व प्रधानमन्त्री केपी ओली र राष्ट्रिय टोलीका पूर्व कप्तान हरि खड्का सोमबार बिहानै एकअर्काका विरुद्ध उत्रिए । तर, त्यो कुनै राजनीतिक वा अन्य कारणले होइन । निमन्त्रणा लिएर ओली निवास बालकोट पुगेका खड्कालाई पूर्व प्रधानमन्त्रीले टेबल टेनिस खेल्ने प्रस्ताव दिइ हाले ।

‘ल फुटबल खेलाडी आइ पुगेछन् । यहाँ मलाई हराउँने कोही छैनन्, खेलौं भन्नुभयो’ ओलीको प्रस्ताव सुनाउँदै खड्काले भने, ‘उहाँको प्रस्तावलाई देशको पूर्व प्रधानमन्त्रीको प्रस्तावलाई अस्वीकार गर्ने कुरा भएन । मलाई राम्रो खेल्न आउँदैन भने अनि एक छिन खेले । म भन्दा राम्रो खेल्नु हुदो रहेछ । ’ बिहान ओली निवास पुग्ने केहीलाई ओलीले टेबलटेनिस खेल्ने प्रस्ताव गर्ने यसअघि पनि सुनिन्थ्यो ।

खड्का ओलीलाई झापा गोल्डकपको प्रमुख अतिथिको निमन्त्रणा गर्न बालकोट पुगेका थिए । झापा जिल्ला फुटबल संघको आयोजनामा माघ १५ गते झापा गोल्ड कप विर्तामोडमा सुरु हुँदैछ । जिल्ला संघका अध्यक्ष जलकुमार गुरुङको आग्रह पछि खड्का ओलीलाई निमन्त्रणा दिन पुगेका थिए । ‘काठमाडौंमा भएकोले जलकुमार दाईले मलाई यो जिम्मा लगाउनु भयो’ खड्काले भने, ‘आफ्नो जिल्लामा हुने गोल्डकपका लागि मैले जे सक्छु त्यो सहयोग त गर्नै पर्छ ।’ ओलीले निमन्त्रणा स्वीकार गरेको उल्लेख गर्दै खड्काले भने, ‘त्यो दिन अर्को कार्यक्रम पनि रहेछ । तर आफ्नो जिल्लामा यति ठूलो प्रतियोगिता हुँदैछ म आउँछु भन्नु भएको छ । ’ ओली र खड्का दुवै झापाका हुन् ।

December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]