default_image

2 years ago

September 1, 2023

साम्बाको चार गोलमा रानानाको जित

9465 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड सावित्रा भण्डारी (साम्बा) को उत्कृष्ट प्रदर्शनको मद्दतले हापोएल रानानाले इजरायली शीर्ष डिभिजनमा विजयी सुरुवात गरेको छ ।

लिगात नाशिम, इजरायली महिला फुटबलको शीर्ष डिभिजनको पहिलो खेलमा राननाले रमाट हशारोनलाई ४-० को फराकिलो अन्तरले हराएको हो । खेलमा चार गोल नै साम्बाको नाममा रह्यो । यस खेलमा सामेल भएसँगै साम्बा युरोपेली लिग खेल्ने पहिलो नेपाली फुटबल खेलाडी बनेकी छन् ।

करिब एक महिना अगाडि इजरायल पुगेकी साम्बाले यस अघि रानानाका लागि अथिना कपमा खेलहरु खेलिसकेको थिइन् । त्यस प्रतियोगितामा रानाना डिफेन्डिङ च्याम्पियन किर्याट गिलसँग हात बेहोर्दै सेमिफाइनलबाट बाहिरिएका थियो ।

गत सिजन भारतीय महिला लिगमा कीर्तिमानी प्रदर्शन गरेपछि साम्बालाई इजरायली लिगमा खेल्ने मौका मिलेको हो ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.