2 years ago
September 2, 2023
एजेन्सी – फिफा विश्वकप कतार २०२२ मा प्रभावशाली प्रदर्शन गरेका मोरक्कोका मिडफिल्डर सोफ्यान अम्रबाटलाई इंगलिस प्रिमियर लिग टिम म्यानचेस्टर युनाइटेडले अनुबन्ध गरेको छ ।

२७ वर्षीय अम्रबाटलाई युनाइटेडले इटालियन क्लब फियोरेन्टिनाबाट लोनमा अनुबन्ध गरेको हो । २७ वर्षीय मिडफिल्डरका लागि युनाइटेडले जुन २०२४ सम्मका लागि १० मिलियन यूरो लोन शुल्क तिर्नेछ । उनलाई स्थायी बनाउन युनाइटेडले २० मिलियन पाउण्ड तिर्नुपर्ने छ ।
कतारमा सम्पन्न विश्वकप फुटबलबाट चर्चामा आएका अम्रबाटले मोरक्कोको सेमिफाइनल यात्रामा महत्वपूर्ण भूमिका निभाएका थिए । मुख्य रूपमा एक रक्षात्मक मिडफिल्डर रहेका उनले सेन्ट्रल मिडफिल्डरको रूपमा पनि खेल्न सक्छन् ।
यसका साथै युनाइटेडका प्रशिक्षक एरिक टेन ह्याग डच क्लब उट्रेक्टमा प्रशिक्षण गर्दा अम्रबाटलाई पहिलो पटक सिनियर टिममा खेल्न मौका समेत दिएका थिए । त्यसकारण, टेन ह्याग म्यानचेस्टर युनाइटेडका लागि अम्रबाटलाई अनुबन्ध गर्न धेरै उत्सुक समेत थिए ।
उट्रेक्ट पछि डच क्लब फेयनुर्ड, बेल्जियन क्लब क्लब ब्रुग, इटालियन क्लब हेल्लास भेरोना र फियोरेन्टिनामा आफ्नो क्यारियर व्यतीत गरेका अम्रबाट अब भने प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडका लागि उत्रिने छन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]