9 years ago
September 21, 2015
किर्गिस्तानमा भएको ए.एफ्.सी यु१६ च्याम्पिएनसिपको छनोट चरणमा समुह उपबिजेता भएको नेपाल अब २०१७मा हुने यु१७ विश्वकपबाट मात्र एक कदम टाढा रहेको छ|
नेपालसंगै १५ राष्ट्रले आगामी सेम्टेम्बर १५ देखि अक्टोबर २ सम्म हुने ए.एफ्.सी यु१६ च्याम्पिएनसिपमा भाग लिनेछन्| सो प्रतियोगिता भारतमा हुनेछ र विश्वकपको आयोजना गर्ने जिम्मा पनि भारतले नै पाएको छ|
यु१६ च्याम्पिएनसिपको १६ टोलीलाई ४ समुहमा विभाजन गरिनेछ र प्रत्येक समुहका विजेत र उपविजेताले क्वार्टरफाइनलमा प्रवेश पाउनेछन्|
प्रतियोगिताको नियम अनुसार सेमिफाइनल पुग्ने चार टोलीले आगामी २०१७मा हुने यु१७ विश्वकपमा एसियाको प्रतिनिधित्व गर्दै भाग लिनेछन्|
भारत विश्वकपको पनि आयोजक भएकाले यदि सेमिफाइनलमा भारत पुगेमा पाचौं टोलीका रुपमा क्वार्टरफाइनलमा हारेको मध्य प्रतियोगितामा उत्कृष्ट रेकर्ड रहेको टोलीले विश्वकपमा स्थान पाउनेछ
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]
December 12, 2024
एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]