default_image

9 years ago

January 16, 2017

बिमल स्पेन प्रस्थान

125 views

0 Bookmark

काठमाडौं – राष्ट्रिय टोलीका स्ट्राइकर बिमल घर्ति मगर अभ्यास र ट्रायलका लागि आज स्पेन लागेका छन्। उनले स्पेनको मार्बेला युनाइटेड एफसीमा रहेर अभ्यास गर्ने र मिले सम्म ट्रायल दिने बताएका छन् ।

bimal

मार्बेला त्यहि क्लब हो जसमा राष्ट्रिय टोलीकै अन्जन बिष्ट र अनन्त तामाङले गत बर्ष केही साता अभ्यास गर्नुका साथै केही मैत्रीपूर्ण खेल खेलेका थिए । गत बर्ष फागुनमा उनीहरुले मार्बेलाले नेदरल्यान्ड्स पुगेर मैत्रीपूर्ण खेल खेलेका थिए ।

विगतमा जस्तै अहिले पनि लुइस डी ब्रायजले उनीहरुको अभ्यासको व्यवस्था मिलाएका हुन् । मार्बेला युनाइटेड युएस सकर एकेडेमीको शाखाको रुपमा स्पेनको मालागामा स्थापित क्लब हो । सुरुमा युएस सकरकै नाममा स्थापना गरिए पनि २०१४ मा मार्बेला युनाइटेड एफसी नाम राखिएको क्लबको बेभसाइटमा उल्लेख छ ।

नेपालले पछिल्लो डेढ बर्षमा फुटबलमा चारवटा उपाधि जितेको थियो । बिमल नेपालले प्राप्त गरेका सबै सफलता दिलाउने टोलीका सदस्य हुन् । गत भदौमा काठमाडौंमा साफ यु–१९ उपाधि उचालेको नेपालले माघमा बंगलादेशमा बंगबन्धु गोल्डकप जितेको थियो भने यु–२३ टोलीले फागुनमा भारतमा १२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत फुटबलमा स्वर्ण पदक जितेको थियो । सबैभन्दा ठूलो सफलताका रुपमा बिमलसहितको टोलीले झन्डै दुई महिनाअघि मलेसियामा सोलिडारिटी कप जितेको थियो ।

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

December 11, 2025

वसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]

December 11, 2025

आर्सनलको‌ लगातार जित

एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]

Success

Thank you for your time.