2 years ago
September 2, 2023
एजेन्सी – इंग्लिस मिडफिल्डर जुड बेलिङ्घमले इन्ज्युरी समयमा गरेको गोलमा रियल मड्रिडले शनिबार साँझ स्पेनिस ला लिगा अन्तर्गत भएको खेलमा गेटाफेमाथि रोमाञ्चक जित निकालेको छ ।

खेल १-१ को बराबरीमा रहेको अवस्थामा बेलिङ्घमले इन्ज्युरी समयमा गोल गर्दै म्याड्रिडलाई जित दिलाए । यसै सिजन म्याड्रिड आएका उनले अहिलेसम्म लिगको हरेक खेलमा गोल गरेका छन् ।
गेटाफेको घरेलु मैदान कोलिसियम अल्फोन्सो पेरेजमा भएको खेलमा घरेलु टोलीले रियल म्याड्रिडकै पूर्व खेलाडी बोर्जा मायोरालको गोलको मद्दतले ११औं मिनेटमा अग्रता लिएको थियो ।
२३औं मिनेटमा बेलिङ्घमलाई गेटाफेका कारलेस अलेनाले लडाएपछि म्याड्रिडले पेनाल्टीको अपील गरेको थियो । तर भिडियो असिस्टेन्ट रेफ्रीले त्यसलाई पेनाल्टी नदिएपछि म्याड्रिडले बराबरी गर्ने अवसर पाएन । ३२औं मिनेटमा लुका मोड्रीचको हेडर गेटाफे गोलरक्षक डेविड सोरयाले उत्कृष्ट बचाउ गरे ।
४०औं मिनेट जोसेलुको प्रयास पुनः सोरियाले विफल पारे । तर दोस्रो हाफको सुरुवाती समयमा नै जोसेलुले गोल गर्दै खेललाई बराबरीमा ल्याए । मोड्रिचको उत्कृष्ट क्रसमा जोसेलुले बललाई जालीको दिशा देखाएका थिए ।
५४औं मिनेटमा टोनी क्रूसको प्रहार गोलपोस्टमा लागेर फर्कियो । ६५औं मिनेटमा ड्यानी कार्वाजालको प्रहार पनि गोलपोस्टमा लागेर बाहिरियो र म्याड्रिड अग्रता लिन बाट चुक्यो । त्यसको दुई मिनेट पछि रोद्रीगाेको प्रहार पोस्टको केही टाढा बाट बाहिरियो।
म्याड्रिडले अन्तिम समयमा गोल गर्दै जित भने निकाल्यो । लुकास भास्केजले लिएको सट खेलमा उत्कृष्ट प्रदर्शन गरेका सोरीयाले समात्न नसक्दा बल सिधै बेलिङ्घमको खुट्टामा पुगेको थियो । बेलिङ्घमले त्यस बललाई सजिलै पोस्टको दिशा देखाएपछि म्याड्रिडले तीन अंक नै हासिल गर्न सफल भयो ।
जितसँगै म्याड्रिड चार खेल्न १२ अंक सहित तालिकाको पहिलो स्थानमा छ । गेटाफे भने चार अंक सहित १४औं स्थानमा छ।
ला लिगामा बोली राति म्याड्रिडको चित परिचित प्रतिद्वन्दी बार्सिलोनाले ओसासुनाको सामना गर्नेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]