2 years ago
September 3, 2023
एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार साँझ भएका खेलमा लिभरपुल र क्रिस्टल प्यालेसले जित दर्ता गरेका छन् ।

घरेलु मैदानमा लिभरपुलले एस्टन भिल्लालाई ३–० ले हराएको हो भने क्रिस्टल प्यालेसले वल्भ्सलाई ३–२ ले हराएको हो ।
खेलको तेस्रो मिनेटमा नै लिभरपुलले अग्रता लिएको थियो। लिभरपुलमा अनुबन्ध भएपछि आफ्नो पहिलो गोल गर्दै डोमिनिक सोबोज्स्लाइले अग्रता दिलाएका थिए । लिभरपुललाई पाएको कर्नरमा बल उनको सामु आएपछि उनले उत्कृष्ट प्रहार गर्दै गोल गर्न सफल भएका थिए।
२२औं मिनेटमा भिल्ला डिफेन्डर म्याथ्यू क्यासले आत्मघाती गोल गरेपछि लिभरपुलको अग्रता दोब्बर भयो।२७ औं मिनेटमा लिभरपुलका डिफेन्डर जोएल माटिपले फ्रि हेडरबाट गोल गर्न सकेनन् ।
ओली वाटकिन्सले ३८ औं मिनेटमा बललाई गोलको दिशा देखाउन सकेनन् । त्यो भिल्लाका लागि पहिलो स्पष्ट मौका थियो। त्यसको अर्को मिनेटमा लिभरपुलका डार्विन नुनेजको चिप सट पोस्टमा लागेर फर्कियो।
पहिलो हाफको अन्तिम तिर मोहम्मद सालाहले गरेको प्रहार भिल्ला गोलरक्षक एमी मार्टीनेजले विफल पारे। दोस्रो हाफको चौथो मिनेटमा नुनेजले सालाहको सुन्दर क्रसमा गोल गर्न सकेनन् ।
५५औं मिनेटमा लिभरपुललाई तेस्रो गोल गर्यो । सालाहले एक कर्नरमा नुनेजले गरेको हेडर पासमा गोल गर्दै अग्रता तेब्बर पारेका थिए। ७४औं मिनेट सालाहको आएको प्रहार मार्टीनेजले फेरिपनि विफल पारे।
यो जित सँगै लिभरपुल चार खेलमा १० अंक सहित तेस्रो स्थानमा उक्लिएको छ। हार बेहोरेको भिल्ला छ अंक सहित ११औं स्थानमा रहेको छ।
अर्को खेल्न क्रिस्टल प्यालेसले वुल्भ्सलाई ३-२ ले हराएको हो। प्यालेसका लागि ओडसोन एडवार्डले दुई तथा एबेरेची इजेले एक गोल गरे । वुल्भ्सका लागि म्याथियस कुन्हा र ह्वाङ हे–चानले एक–एक गोल गरे ।
प्यालेस लिगमा सात अंक सहित सातौं स्थानमा उक्लिएको छ ब्बहे पराजित वुल्भ्स तीन अंक सहित १५औं स्थानमा छ ।
इंग्लिश प्रिमियर लिगमा आज राती ९:१५ बजे आर्सनल र म्यानचेस्टर युनाइटेड आमने-सामने हुँदै छन्।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]