default_image

2 years ago

September 4, 2023

बार्सिलोनाको ओसासुनासंग कठिन जित

534 views

0 Bookmark

एजेन्सी – स्पेनिस लालिगा अन्तर्गत गएराती सम्पन्न खेलमा बार्सिलोनाले कठिन जित निकालेको छ ।

ओसासुनाको घरेलु मैदान एल सदारमा भएको खेलमा बार्सिलोनाले २-१को गोल अन्तरले पराजित गरेको हो। बार्सिलोनाका लागि जुल्स कुन्डे र रोबेर्ट लेवानडोस्किले १-१ गोल गरे । ओसासुनाक लागि भनी अर्जेन्टिनी खेलाडी चिमी अभिलाले एक गोल गरेका थिए ।

सुरुवाती अग्रता जोगाउन नसक्दा बार्सिलोनालाई जित निकाल्न गाह्रो परेको थियो । खेलको अन्तिम तिर पेनाल्टी मार्फत गोल गर्दै लेवानडोस्किले तीन अंक दिलाएका हुन् ।

खेलको दोस्रो मिनेटमै बार्सिलोनाले सुन्दर अवसर खेर फाल्यो । फ्रेंकी डी यङ्गको बक्स भित्रबाट लिएको प्रहार पोस्टमा लागेर लेवानडोस्किको खुट्टामा फर्किएको थियो । तर पोलिस स्ट्राइकरले बललाई गोलको दिशा देखाउन सकेनन् ।

दसौ मिनेटमा गुन्डोगानले अर्को राम्रो अवसर पाउदा उपयोग गर्न सकेनन्। लामिन यामालको सट ब्लक भएर उनको सामु आएकी थियो तर उनको प्रयासले गोलको दिशा लिन सकेन ।

२४औ मिनेटमा ओसासुनाका आर्नाइजको प्रहार टर स्टेगनले पोस्ट भन्दा माथि फ्याले । ३२औ मिनेटमा ओरोजको प्रहारमा उनले फेरी पनि राम्रो बचाउ गरे ।

पहिलो हाफको थपिएको समयमा जुल्स कुन्डेले बार्सिलोनालाई अग्रता दिलाए । इल्काय गुन्डोगानले लिएको कर्नरमा हेड मार्फत गोल गर्दै फ्रेन्च डिफेन्डरले बार्सिलोनाका लागि पहिलो गोल गरे ।

७१औ मिनेटमा नवप्रवेसी खेलाडी जोआओ क्यानसेलोको क्रसमा लेवानडोस्कीले गरेको प्रयास ओसासुन गोलकिपर आइटोर फर्नानडेजले राम्रो बचाउ गरे । ७६औ मिनेट ओसासुनाले गोल गर्दै खेलमा बराबरी गर्यो । केहि मिनेट अगाडी मात्र मैदान प्रवेश गरेका चिमी अभिलाले पेनाल्टी बक्स बाहिरबाट सटिक प्रहार गर्दै गोल गरेका थिए ।

तर बार्सिलोनाले ८५औ मिनेटमा लेवानडोस्कीलाई अलेहान्द्रो काडेनाले लडाएपछि बार्सिलोनाले पेनाल्टी मार्फत जित निकाल्ने अवसर प्राप्त गर्यो । लेवानडोस्की आफैले पेनाल्टीमा कुनै गल्ति गरेनन् र जित सुनिश्चित गरे ।

जित संगै चार खेलमा तीन जित र एक बराबरी सहित बार्सिलोना तालिकाको तेस्रो स्थानमा छ । हार बेहोरेको ओसासुना भने छ अंक सहित दशौं स्थानमा छ । रियल म्याड्रिड चार खेलमा सबैमा जित सहित पहिलो स्थानमा छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.