2 years ago
September 5, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष फुटबल टोली घरेलु टोलीसँगको दूई मैत्रीपूर्ण खेलका लागि म्यानमार पुगेकोछ । नेपाली टोली मंगलबार दिउँसो म्यानमार पुगेपछि म्यानमार फुटबल महासङ्घका अधिकारीहरूले याङ्गुन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

टोलीलाई सोमबार अखिल नेपाल फुटबल संघ (एन्फां) ले म्यानमार उड्नुअघि बिदाइ गरेको थियो । नेपालले म्यानमारमा सेप्टेम्बर ८ र ११ मा हुने दुई मैत्रीपूर्ण खेल खेल्नेछ।
खेलहरू फिफा क्यालेन्डर अन्तर्गत छन् । फिफाका दिनमै मैत्रीपूर्ण खेलहरू खेलाइने भएकाले त्यसले र्याङ्किङमा पनि असर पार्नेछ । फिफा विश्वकप छनोटको पहिलो चरणमा अर्को महिना नेपालले लाओससँग खेल्नुअघि यो अन्तिम मैत्रीपूर्ण खेलहरु हुनेछन् ।
इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले केहि दिन अघि नै अन्तिम टोलीको घोषणा गरिसकेका थिए। टोलीमा सात नया अनुहारहरु छन्। अनेसेले डिफेन्डर छिरिङ लामा, आशिष गुरुङ र अन्जन राई, मिडफिल्डर उत्सव राई तथा फरवार्ड दिनेश हेन्जन, जिलेस्पीजंग कार्की र हिसुब थपलिया लाई पहिलो पटक टोलीमा बोलाएका हुन्। टोलीमा अभिषेक बराल र कृतिशरत्न छुन्जु पनि डेब्यु गर्न बाँकी रहेको छ ।
म्यानमारविरुद्ध खेल्ने टोली :
गोलरक्षक – किरणकुमार लिम्बू, अभिषेक बराल र दिप कार्की
डिफेन्डर – सनिश श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, आशिष गुरुङ, छिरिङ लामा र अन्जन राई
मिडफिल्डर – एरिक विष्ट, सुदीप गुरुङ, लाकेन लिम्बू, आवास लामिछाने, कृतिशरत्न छुन्जु, उत्सव राई
फरवार्ड – आयुष घलान, नवयुग श्रेष्ठ, अञ्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, जिलेस्पीजङ्ग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]