default_image

2 years ago

September 6, 2023

नेपाल साफ यू-१६ च्याम्पियनसिपबाट बाहिरियो

845 views

0 Bookmark

काठमाडौं (हाम्रोखेलकुद) – नेपाल साफ यू-१६ च्याम्पियनसिपको दोस्रो खेलमा भारतसँग १-० को अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएकोछ। भारतसँगको हार नेपालको प्रतियोगिताको लगातार दोस्रो हुँदै बाहिरिएको हो ।

भारतका लागि खेलको एकमात्र गोल मोहम्मद अर्बाशले खेलको ३३ औं मिनेटमा गरेका थिए। उनले विशाल यादवको पासमा बक्स भित्रबाट गोल गर्दै खेल्न भारतलाई अग्रता दिलाएका थिए। भारतलाई जित दिलाउन त्यहीँ एक गोल पर्याप्त बन्यो ।

नेपालले गोल खाएपछि केही सुधारिएको प्रदर्शन गरेपनि गोल भने गर्न सकेन । पहिलो खेलमा नेपालले बंगलादेशसँग १-० को हार बेहोरेको थियो। सोचे अनुरूप प्रदर्शन गर्न नसक्दा नेपालले दुवै खेलमा पराजय भोग्नु परेको हो । नेपाल दुवै खेला गोल विहीन बन्यो ।

नेपाली टोली एन्फा यु-१६ लिग र देशव्यापी छनोट हुँदै तयार भएको थियो। पुरानो संस्करणहरुमा यो स्तरको प्रतियोगितामा नेपालको प्रदर्शन सम्मानजनक नै रहने गर्थ्यो। नेपाल यो उमेर समूहमा दक्षिण एसियाको उत्कृष्ट टिमहरुमा गनिने गर्थ्यो। तर यो पटक भने नेपालले सोचे अनुरुप प्रदर्शन गर्न सकेन ।

नेपालको समूहबाट भारत ६ अंकका साथ समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ। नेपाललाई हराएको बंगलादेश तीन अंक सहित दोस्रो स्थानमा रहँदै अन्तिम चारमा आफ्नो स्थान पक्का गर्यो ।

अर्को समूहमा पाकिस्तानले माल्दिभ्स र भुटानलाई हराउदै छ अंकका साथ सेमिफाइनलमा आफ्नो स्थान बनाइसकेको छ। आज साँझ माल्दिभ्स र भुटान एकअर्का सँग भिड्दै छन्। यो खेलको विजेताले सेमिफाइनलमा स्थान बनाउने छ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.