default_image

2 years ago

September 8, 2023

बालोन डी’ओरमा मेस्सी र हालन्ड अग्रपंक्तिमा

241 views

0 Bookmark

एजेन्सी-बालोन डी’ओर २०२३मा मेस्सी र हालन्ड अग्रपंक्तिमा बालोन डी’ओर पुरस्कार दिने फ्रान्सेली म्यागजिन ‘फ्रान्स म्यागजिन’ले २०२३ को अवार्डका लागि प्रारम्भिक मनोनयनहरू सार्वजनिक गरेको छ।

फ्रान्स म्यागजिनले सर्बोत्कृष्ट पुरुष वर्ष खेलाडी, महिला वर्ष खेलाडी, सर्बोत्कृष्ट गोलकिपर र सर्बोत्कृष्ट युवा खेलाडीको प्रारम्भिक मनोनयन सार्बजनिक गरेको हो। मनोनयनमा परेका पुरुष खेलाडीहरु मध्ये अर्जेन्टिन र इन्टर मायामीका खेलाडी लियोनेल मेस्सी र नर्वे र म्यानचेस्टर सिटीका एर्लिंग हालन्ड पुरुष बालोन डी’ओरको अग्रपंक्तिमा रहेका छन्।

गत वर्ष सम्पन्न विश्वकप बिजेता मेस्सी विश्वकपकै सर्बोत्कृष्ट खेलाडी चुनिएका थिए। यसका साथै उनले फ्रेन्च लिग र सुपर कप समेत हात परेका थिए। हालन्डले भने गत सिजन सिटीका साथ प्रिमिएर लिग सहित एफ.ए. कप र च्याम्पियन्स लिग सहित प्रतिष्ठित ट्रेवल हासिल गरेका थिए।

मेस्सिले यसअघि सात पटक यो अवार्ड जितिसकेका छन्। उनले सन् २००९, २०१०, २०११, २०१२, २०१५, २०१९ र २०२१मा यो अवार्ड जितेका हुन्। हालन्ड भने यो वर्ष पहिलो पटक यो अवार्ड जित्ने दाउमा छन्। यस्तै पाच पटकका बिजेता क्रिस्टियानो रोनाल्डो भने यो वर्ष ३० जनाको सुचिमा अटाएनन्।

रोनाल्डो २००३ पछि पहिलो पटक मनोनयनमा नपरेका हुन्। यसै वर्ष साउदी प्रो लिगको अल-नासरमा सरिक भएका उनी यस वर्ष ३० जनामा नपरेका हुन्। साउदी प्रो लिगमा गएका खेलाडीहरु मध्ये पूर्व रियल म्याड्रिड खेलाडी करिम बेन्जेमा मात्र ३० जनाको सुचिमा रहेका छन्।

मनोनित ३० जना:

मार्टिन ओडेगार्ड – आर्सनल

जोस्को ग्वार्डिओल – म्यानचेस्टर सिटी

मोहम्मद सलाह – लिभरपुल

एमिलियानो मार्टिनेज – एस्टन भिल्ला

आन्द्रे ओनाना – म्यानचेस्टर युनाईटेड

करिम बेन्जेमा – अल इत्तिहाद

बुकायो साका – आर्सनल

केभिन डी ब्रुइन – म्यानचेस्टर सिटी

जुड बेलिङघम – रियल मड्रिड

रेन्डल कोलो मुआनी – पीएसजी

बर्नार्डो सिल्भा – म्यानचेस्टर सिटी

ख्विचा क्वारत्सखेलिया – नापोलि

जमाल मुसियाला – बायर्न म्युनिख

निकोलो बरेला – इन्टर मिलान

रुबेन डियास – म्यानचेस्टर सिटी

एर्लिङ हालान्ड – म्यानचेस्टर सिटी

इलकाय गुन्डोगन – बार्सिलोना

लियोनल मेस्सी – इन्टर मायामी

किम मिन जे – बार्यन म्युनिख

यासीन बोनो – सेभिल्ला

लौटोरो मार्टिनेज – इन्टर मिलान

जुलियन अल्भारेज – म्यानचेस्टर सिटी

ह्यारी केन – बायर्न म्युनिख

भिनिसियस जुनियर – रियल म्याड्रिड

लुका मोड्रिक – रियल म्याड्रिड

रोड्री – म्यानचेस्टर सिटी

एन्टोवान ग्रिजमन – एट्लेटिको मड्रिड

रोबर्ट लेवान्डोस्की – बार्सिलोना

किलियन एमबाप्पे – पीएसजी

भिक्टर ओसिमेन – नापोली

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.