2 years ago
September 8, 2023
एजेन्सी– युईएफए यूरो छनोट अन्तर्गतको गएराति सम्पन्न खेलमा फ्रान्सले आयरल्याण्डलाई २-० गोलान्तरले सहजै पराजित गरेको छ। फ्रान्सको जितमा औरेलिम चाओमेनी र मार्कस ठुर्यामले १-१ गोल दर्ता गरेका हुन्।

फ्रान्सको घरेलु मैदान पार्क डेस प्रिन्सेसमा भएको खेलमा फ्रान्सले सुरुवाती समय देखि नै दबाब बनाइरहेको थियो। १९औं मिनेटमा रियल म्याड्रिडका चाओमेनीले उत्कृष्ट गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए।
फ्रान्सले गरेको क्रस आयरल्याण्डका डिफेन्डर सेन डफिले क्लियर गर्दा किलियन अम्बाप्पेको खुट्टामा पुगेको थियो। उनले दिएको पासमा चाओमेनीले बक्स बाहिर बाट सट प्रहार गर्दा बलले जालीको दिशा लिएको थियो।
३९औं मिनेटमा अम्बाप्पेले अग्रता दोब्बर बनाएका थिए । तर गोल अफसाइड करार गरियो । दोस्रो हाफको सुरुवाती समयमा नै फ्रान्सले अग्रता दोब्बर बनायो। थियो हरनान्डेजको क्रसमा अम्बाप्पेको सट आयरल्याण्ड डिफेन्डर हरुलाई लागेर फर्किएको थियो। त्यही बेलामा ठुर्यामले राम्रो फिनिश गर्दै खेलमा फ्रान्सको अग्रता दोब्बर बनाए। त्यही दुई गोल जीतका लागि पर्याप्त बन्यो।
छनोटमा फ्रान्सकै समूहमा रहेको नेदरल्यान्ड्सले ग्रीस माथि ३-० जित हासिल गरेको छ। नेदरल्याण्ड्सको जितमा मार्टन डे रुन, कोडी गाकपो र वाउट वेगहोर्ट्सले १-१ गोल गरे। तालिकामा पाँच खेलमा सबै खेलमा जितेको फ्रान्स १५ अंक सहित शीर्ष स्थानमा छ। तीन खेलमा दुई खेल जितेको नेदरल्याण्ड्स दोस्रो स्थानमा छ। चार खेलमा छ अंक नै भएको ग्रीस गोल अन्तरका कारणले तेस्रो स्थानमा छ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]