9 years ago
January 17, 2017
पोखरा (हाम्रो खेलकुद)– आहा रारा गोल्डकपको उद्घाटन खेलको पहिलो हाफमा आयोजक सहाराक गोल्ड कप फुटबल प्रतियोगिताले ३–० ले अग्रता लिएको छ । घरेलु टोलीलाई मार्टिनले छैटौं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । मार्टिनले वान भर्सेस वानमा गोल गरेका थिए ।

१२ औं संस्करणको विजेता सहराका अलागि २७ औं मिनेटमा रिटार्ड पुनले अर्को गोल थपेका थिए । क्रसमा आएको बल छातीले नियन्त्रणमा लिदै भलीमा गोल गरेका थिए । ३८ औं मिनेटमा पेनाल्टी बक्समा विपक्षी एक रक्षकलाई छलाएर पिटर सेगुनले गोल गरेका थिए । उद्घाटन खेलको विजेताले पुस ८ गते भारतको सिक्किम युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]