default_image

2 years ago

September 8, 2023

जिलेस्पी राष्ट्रिय टोलीबाट ‘डेब्यू’ गर्दै

4424 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी फुटबल क्लबका फरवार्ड जिलेस्पीजंग कार्कीले राष्ट्रिय फुटबल टोलीबाट डेब्यू गर्ने पक्का भएको छ ।

म्यानमारविरुद्ध आज हुने पहिलो मैत्रीपूर्ण खेलको पहिलो रोजाईमा परेपछि उनले डेब्यू गर्ने निश्चित भएको हो । जिलेस्पी आर्मीकै अर्का फरवार्ड जर्जप्रिन्स कार्कीका भाई हुन् ।

यसअघि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परेका जिलेस्पी यसै पटक राष्ट्रिय टोलीको अन्तिम छनोटमा परेका हुन् । यसै सिजन पहिलो पटक आर्मीबाट सहिद स्मारक ए डिभिजन लिग खेल्दा उनी धेरैको नजरमा पर्न सफल भएका थिए । म्यानमारविरुद्ध आशिष चौधरी लेफ्ट ब्याकबाट खेल्ने भएको छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार म्यानमारविरुद्धको पहिलो खेलका लागि पहिलो रोजाईमा कप्तान समेत रहेका गाेलरक्षक किरण चेम्जाङ, आशिष चौधरी, रोहित चन्द, अनन्त तामाङ, सनिश श्रेष्ठ, लाकेन लिम्बु, आभाष लामिछाने, मनीष डाँगी, आयुष घलान , अन्जन विष्ट, जिलेस्पीजंग कार्की छन् ।

अर्को महिना हुने लाओसविरुद्धको विश्व कप छनोटको तयारीको सिलसिलामा नेपाली टोली दुईवटा मैत्रीपूर्ण खेलका लागि म्यानमार पुगेको हो । आजको खेल नेपाली समय अनुसार दिउँसो ४:१५ बजे सुरु हुनेछ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.