2 years ago
September 8, 2023
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल र म्यानमारले यंगोनमा भइरहेको पहिलो मैत्रीपूर्ण खेलको पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन्।

थुवुन्ना रंगशालामा भएको खेलमा दुवै टोलीले पाएको अवसरहरूको सदुपयोग गर्न सकेका छैनन्।
नवौं मिनेटमा अनन्त तामाङले लिएको फ्रि किकले वाल कटाउन सकेन। १७औं मिनेटमा सनिश श्रेष्ठको फ्रि किकमा तामाङले नै गरेको हेडर पोस्टको केही टाढा बाट बाहिरियो। एक मिनेट पछि म्यानमारका कप्तान लुविनले खुला भने अवस्थामा लिएको सटले गोल पोस्टको दिशा लिन सकेन।
२३औं मिनेटमा लुविनकै क्रस अनन्तले क्लियर गरेपछि बल लिन औंङको खुट्टामा आएको थियो तर उनको प्रहार पनि बाहिरियो। २९औं मिनेटमा औंग थु ले रोहित चन्दको खराब निकासीको सदुपयोग गर्न सकेनन्। उनको फितलो प्रहार किरणले सजिलै समाते। ३४औं मिनेटमा आशिष चौधरीले लिएको सट म्यानमारका गोलरक्षक जिन फ्योले बचाए। ३७औं मिनेटमा औंग थु को सटमा किरणले उत्कृष्ट बचाउ गरे।
थपिएको समयमा म्यानमारका कप्तानले अर्को सुनौलो अवसर खेरा फाल्दा नेपाल पहिलो हाफमा एक गोलले पछाडि जान बाट बाँचेको समेत थियो। उनका किरण मात्र थिए र उनी बक्समा खाली थिए। तर उनको प्रहार पोस्टको निकै टाढा बाट बाहिरियो।
नेपालका प्रशिक्षक अनेसेले यस खेलमा जिल्लेस्पी जीलेस्पी जंग कार्कीलाई पहिलो अन्तर्राष्ट्रिय खेलको मौका दिएका छन् भने फरवार्ड आशिष चौधरी लाई लेफ्ट-ब्याकको भूमिकामा उतारेका छन्।
यो दुई टोली बीचको दुई मध्येको पहिलो मैत्रीपूर्ण खेल हो। अर्को खेल सेप्टेम्बर ११ का दिन यही रंगशालामा हुने छ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]