2 years ago
September 8, 2023
काठमाडौं (हाम्रो खेलकुद )-अन्जन विस्टले पेनाल्टी पाएको अवसरको सदुपयोग गर्न नसक्दा नेपालले म्यानमारसँगको मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेलेको छ।

यंगोन अन्तराष्ट्रिय रंगशालामा भएको खेलमा अन्जनको पेनाल्टी म्यानमारका गोलरक्षकले रोकेपछि नेपाल जित हासिल गर्न बाट चुकेको हो।
६३औं मिनेटमा म्यानमारका राइट-ब्याक फ्यो विनले हातले बल छोएपछि नेपालले पेनाल्टीमा गोल गर्ने अवसर प्राप्त गरेको थियो। अन्जन पेनाल्टी प्रहार गर्न अघि सरे तर उनको प्रहार गोलकिपर जिन फ्योले आफ्नो खुट्टाले बचाए। गोल गर्न असफल भएसँगै अन्जनले नेपालको लागि सबैभन्दा धेरै गोल गर्ने रेकर्ड बराबरी गर्ने मौका समेत गुमाएका हुन्।
दुवै टिमले त्यस बाहेकका अवसर हरुको सदुपयोग गर्न पनि सकेनन्। नवौं मिनेटमा अनन्त तामाङले लिएको फ्रि किकले वाल कटाउन सकेन। १७औं मिनेटमा सनिश श्रेष्ठको फ्रि किकमा अनन्तले नै गरेको हेडर पोस्टको केही टाढा बाट बाहिरियो। एक मिनेट पछि म्यानमारका कप्तान लुविनले खुला भने अवस्थामा लिएको सटले गोल पोस्टको दिशा लिन सकेन।
२३औं मिनेटमा लुविनकै क्रस अनन्तले क्लियर गरेपछि बल लिन औंङको खुट्टामा आएको थियो तर उनको प्रहार पनि बाहिरियो। २९औं मिनेटमा औंग थु ले रोहित चन्दको खराब निकासीको सदुपयोग गर्न सकेनन्। उनको फितलो प्रहार किरणले सजिलै समाते। ३४औं मिनेटमा आशिष चौधरीले लिएको सट म्यानमारका गोलरक्षक जिन फ्योले बचाए। ३७औं मिनेटमा औंग थु को सटमा किरणले उत्कृष्ट बचाउ गरे।
थपिएको समयमा म्यानमारका कप्तानले अर्को सुनौलो अवसर खेरा फाल्दा नेपाल पहिलो हाफमा एक गोलले पछाडि जान बाट बाँचेको समेत थियो। उनका किरण मात्र थिए र उनी बक्समा खाली थिए। तर उनको प्रहार लाकेन लिम्बुले ट्याकलका कारण पोस्टको निकै टाढा बाट बाहिरियो।
दोस्रो हाफमा भने नेपालले त्यही पेनाल्टी अवसर बाहेक अरु उल्लेखनीय अवसर सृजना गर्न सकेन। ८७औं मिनेटमा आशिष चौधरीले बक्स बाहिर बाट गरेको प्रहार नै नेपालको सबैभन्दा राम्रो अवसर रह्यो।
म्यानमारका खेलको अन्तिमतिर राम्रो अवसर पाएको थियो तर दायाँ तर्फ बाट गरिएको त्यो क्रस अनन्त तामाङले ब्लक गरेका थिए।
नेपालका प्रशिक्षक अनेसेले यस खेलमा जिल्लेस्पी जीलेस्पी जंग कार्कीलाई पहिलो रोजाइमा राखेर अन्तर्राष्ट्रिय खेलको मौका दिएका थिए। अर्का फरवार्ड हिसुब थपलियाले पनि ८३औं मिनेटमा अञ्जन विस्टको स्थान लिँदै नेपालका लागि डेब्यु गरेका थिए। अनेसेले फरवार्ड आशिष चौधरी लाई लेफ्ट-ब्याकको भूमिकामा उतारेका समेत थिए।
यि दुई टोली बीच अर्को मैत्रीपूर्ण खेल यसै रंगशालामा सोमबार हुनेछ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]