2 years ago
September 9, 2023
एजेन्सी – युइएफ यूरो २०२४ छनोटको आआफ्नो खेलमा गएराति स्पेन र पोर्चुगलले जित दर्ता गरेका छन् । स्पेनले जर्जियालाई ७-१ को फराकिलो अन्तरले पराजित गर्यो भने पोर्चुगलले स्लोभाकिया सँग १-० को संघर्षपूर्ण जित निकाल्यो ।

स्पेनको जितमा कप्तान अल्भारो मोराटाले ह्याट्रिक प्रहार गर्दा ड्यानी ओल्मो, निको विलियमस र लामिन यमालले समान एक एक गोल गरे भने एक गोल स्पेनले आत्मघाती गोलको रूपमा उपहार पाएको थियो ।
यस्तै गोल गरेका यमालले स्पेनका लागि सबै भन्दा कम उमेरमा गोल गर्ने रेकर्ड बनाए । बार्सिलोनाका १६ वर्षीय यी खेलाडीले बार्सिलोनाका कै गाभीको नाममा रहेको यो कीर्तिमान तोडेका हुन् । उनी केही दिन अगाडि मात्र कुनै पनि सिनियर फुटबल टोलीका लागि खेलेका थिए ।
समूह ए मा रहेको स्पेन तीन खेलमा छ अंकका साथ दोस्रो स्थानमा छ । स्कटल्याण्ड पाँच खेल्न १५ अंकका साथ शीर्ष स्थानमा छ ।
यस्तै अर्को खेलमा पोर्चुगलले स्लोभाकियालाई ब्रुनो फरनान्डेज को एकमात्र गोलको मद्दतले हराएको छ । यस्तै खेलमा पहेँलो कार्ड पाएका कारण क्रिस्टियानो रोनाल्डोले भने अर्को खेल गुमाउने छन् ।
पोर्चुगल पाँच खेलमा पाँच जित सहित समूहको शीर्ष स्थानमा छ । पराजित स्लोभाकिया १० अंक सहित दोस्रो स्थानमा छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]