2 years ago
September 10, 2023
एजेन्सी – यूइएफए युरो २०२४ को छनोट अन्तर्गतको खेलमा इंग्ल्याण्ड युक्रेनसँग १-१ को बराबरीमा रोकिएको छ । गएराति सम्पन्न खेलमा इंग्ल्याण्डले खेलमा पछि परेको अवस्थाबाट पुनरागमन गर्दै बराबरी गरेको हो ।

एलेक्जेन्डर जिन्चेनकोले खेलको २६औं मिनेटमा गोल गर्दै युक्रेन लाई अग्रता दिलाएका थिए । तर काइल वाल्करले आफ्नो अन्तराष्ट्रिय क्यारियरको पहिलो गोल गर्दै खेलको ४१औं मिनेटमा खेललाई बराबरीमा ल्याए । उनले कप्तान केनको पासमा गोल गरेका थिए ।
त्यसपछि कुनैपनि टोलीबाट गोल हुन नसक्दा दुवै टोलीले अंक बाँडेका हुन् । इंग्ल्याण्ड समूहमा पाँच खेलमा १३ अंक सहित पहिलो स्थानमा छ । युक्रेन भने सात अंकसहित दोस्रो स्थानमा रहेको छ ।
यस्तै गएराति नै सम्पन्न अर्को खेलमा बेल्जियमले अजरबैजान लाई १-० को झिनो अन्तरले पराजित गरेको छ । बेल्जियमका लागि यानिक कारास्कोले खेलको ३८औं मिनेटमा गरेको गोल निर्णायक सावित भयो ।
बेल्जियम चार खेलमा १० अंक सहित समूहको पहिलो स्थानमा छ भने १० अंक नै रहेको अष्ट्रिया गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]