default_image

2 years ago

September 10, 2023

पेलेलाई उछिनेका नेयमार होइनन् ब्राजिल राष्ट्रिय टोलीको सर्वाधिक गोलकर्ता

6366 views

0 Bookmark

एजेन्सी – फरवार्ड नेयमारले बोलिभियाविरुद्ध विश्वकप छनोट खेलमा ५-१ को जित दर्ता गर्दा गोल गर्दै राष्ट्रिय टोलीका लागि गरेको गोलसंख्यामा पेलेलाई उछिने । तर उनी ब्राजिलको राष्ट्रिय टोलीका लागि सर्वाधिक गोल गर्ने खेलाडीमा भने अझै पछि छन् ।

नेयमारले बोलिभियाविरुद्ध खेलमा पेनाल्टी चुकाएपनि दोस्रो हाफमा २ गोल थपेका थिए । १ सय २५ औं खेल खेलेका उनले राष्ट्रिय टोलीका लागि ७९ गोल पूरा गरे । पुरुष राष्ट्रिय टोलीका लागि सर्वाधिक गोलकर्ता रहेपनि ब्राजिलका लागि भने उनी कीर्तिमानबाट निकै टाढा छन् ।

ब्राजिलका लागि महिला राष्ट्रिय टोलीकी स्टार मार्टाले १ सय २२ गोल गरेकी छिन् । उनले १ सय ८९ खेल खेल्दै सो उपलब्धि हासिल गरेकी थिइन् । उनले गत महिना सम्पन्न विश्वकपमा छैटौं पटक उपाधिको लागि प्रयास गरेपनि असफल भएपछि राष्ट्रिय टोलीबाट सन्न्यास लिएकी थिइन् ।

पेलेले सन् १९५७ देखि १९७१ सम्म खेल्दा ९२ खेलमा ७७ गोल गरेका थिए । पेलेको गत डिसेम्बर ८२ वर्षको उमेरमा निधन भएको थ्यियो ।

यसै सिजन पेरिस सेन्ट जर्मेन छाडेर साउदी क्लब अल हिलाल पुगेका नेयमार विश्वका सबैभन्दा महँगा खेलाडी पनि हुन् । सन् २०१७ मा पिएसजीले २ सय मिलियन पाउण्ड खर्चेर उनलाई बार्सिलोनाबाट फ्रान्स ल्याएको थियो ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.