default_image

2 years ago

September 10, 2023

३२ क्लबले वहिष्कारपछि एन्फाको विशेष साधारण सभा स्थगित

665 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक ए,बि र सि डिभिजनका ३२ क्लबले वहिष्कार गरेपछि आइतबारका लागि तोकिएको अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारण सभा स्थगित भएको छ ।

अनलाइनमार्फत गर्ने भनिएको विशेष साधारण सभामा ३९ जनाको मात्र सहभागिता रहेको र गणपुरक संख्या अपुग भएकोले एन्फाले साधारण सभा स्थगित गरेको महासचिव किरण राईले जानकारी दिए । एन्फाले सोमबारका लागि पुन अनलाइनमार्फत विशेष साधारण सभा बस्ने जानकारी दिएको छ ।

सोमबार बस्ने विशेष साधारण सभाका लागि भने जति उपस्थित हुन्छन् त्यहि नै गणपुरक मानिने वैद्यानिक व्यवस्था रहेको राईले बताएका छन् । लेखा परिक्षक नियुक्तीका लागि एन्फाले विशेष साधारण सभा गर्न लागेको हो ।

३२ क्लबले भने भौतिक उपस्थितिमै साधारण सभा गरिनुपर्ने माग राखेका थिए । एन्फा र ३२ क्लबका प्रतिनिधिबीच भएको छलफल विना निष्कर्ष टुंगिएको थियो । एन्फाको साधारण सभामा १ सय ५ को सदस्य संस्था रहेको र त्यसमध्ये ८६ जनासँग मताधिकार रहेको राईले बताए ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.