default_image

2 years ago

September 10, 2023

एनएसएलमा ९ टोली मात्र, खेल तालिका सार्वजनिक

3414 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग ( एनएसएल) ले ९ टोलीसहित दोस्रो सिजनका लागि खेल तालिका सार्वजनिक गरेको छ ।

प्रतियोगिताको आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले आइतबार सार्वजनिक गरेको खेल तालिका अनुसार उद्घाटन खेलमा मङ्सिर ८ गते काठमाडौं रेजर्स र स्पोर्टिङ्ग इलाम डे मेची भिड्ने छन् । खेल तालिका अनुसार दोस्रो संस्करण नोभेम्बर २४ (मङ्सिर ८) देखि जनवरी ६ (पौष २१) सम्म आयोजना हुनेछ ।

पहिलो संस्करणमा ७ टाेली सहभागी रहेकोमा यसपटक १० टोलीले प्रतिस्पर्धा गर्ने भनिएपनि विराटनगर सिटी एफसी नखेल्ने आयोजकले जानकारी दिएको छ । विराटनगर नखेल्ने भएपछि पहिलो संस्करणका छ सहित तीन नयाँ टोली गरी कुल ९ टिमले दोस्रो संस्करणमा प्रतिस्पर्धा गर्नेछन् ।

एनएसएलले दोस्रो संस्करणका लागि यसअघि नै अक्सन गरेपनि अधिकांश खेलाडी पलायन भएकाले पुन: अक्सन हुने भएको छ । असोज १९ गते नयाँ टोली निर्माणका लागि अक्सन हुने भएको छ । यसका लागि आयोजकले असोज ५ गतेसम्म खेलाडी सूची फ्रेन्चाइज टोलीलाई उपलब्ध गराउने भनेको छ ।

पहिलो संस्करण कोभिड संक्रमणका कारण दशरथ रंगशालामा बिना दर्शकको उपस्थिति आयोजना भएको थियो । आयोजक एनएसइएमले यसपटक केहि खेल उपत्यका बाहिर गर्ने भनेपनि आर्थिक अवस्थाका कारण सम्पूर्ण खेल दशरथ रंगशालामै हुने भएको छ ।

एनएसएलमा साविक विजेता काठमाडौं रेजर्स, उपविजेता धनगढी फुटबल क्लब, पोखरा थन्डर्स, बुटवल लुम्बिनी फुटबल क्लब, ललितपुर फुटबल क्लब र फुटबल क्लब चितवनसँगै नयाँ टोली झापा एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी र वीरगन्ज युनाइटेड एफसीले खेल्नेछन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.