3 months ago
September 11, 2023
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को ४० प्रतिशत भन्दा बढी सदस्यले अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईको बर्खास्ती मागसहित विशेष साधारण सभा बोलाउन निवेदन पेश गरेका छन् । सोमबार निवेदनमा हस्ताक्षर गरेका प्रतिनिधिले एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई निवेदन बुझाएका हुन् । संघको विधानको धरह ३६ (३) अनुरुप ४० प्रतिशत […]
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को ४० प्रतिशत भन्दा बढी सदस्यले अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईको बर्खास्ती मागसहित विशेष साधारण सभा बोलाउन निवेदन पेश गरेका छन् ।
सोमबार निवेदनमा हस्ताक्षर गरेका प्रतिनिधिले एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई निवेदन बुझाएका हुन् । संघको विधानको धरह ३६ (३) अनुरुप ४० प्रतिशत भन्दा बढी सदस्यको हस्ताक्षर सहित निवेदन आएमा विशेष साधारण सभा बोलाउनुपर्ने प्रावधान छ । यस्तोमा संघले ३० दिनभित्र संघको विशेष साधारण सभा बोलाउनु पर्नेछ । यदी त्यसो नभएमा अन्य सदस्य संस्थाले नै संयुक्त रुपमा ३० दिनको सूचना जारी गरि साधारण सभा बोलाउन पाउने प्रावधान छ ।
क्लब, जिल्ला फुटबल संघ तथा महिला फुटबल संघ गरी कुल ४९ साधारण सभा सदस्यले हस्ताक्षर गरेको निवेदनमा एन्फाका वर्तमान अध्यक्ष र महासचिवले नेपाली फुटबललाई धराशायी बनाउन लागेको र उनीहरुलाई सो पदमा निरन्तरता दिँदा नेपालको फुटबल भविष्यमा नै अतुलनीय क्षति पुर्याउँछ भन्ने ठहर गरेको उल्लेख गरिएको छ ।
निवेदनमा वर्तमान नेतृत्वले गरेका विविध १९ विषय उल्लेख गर्दै विशेष साधारण सभा राखेर अध्यक्ष र महासचिवलाई बर्खास्त गर्ने एजेन्डा राख्न माग गरिएको छ ।
असन्तुष्ट पक्षले वर्तमान नेतृत्वबारे उठाएको १९ विषय :
१. एन्फा विधानको मर्मविपरित आफ्नो राजनीतिक सहुलियतका लागि भाद्र २४, २०८० का दिन अनलाइनमार्फत विशेष साधारणसभा बोलाउने अवैधानिक निर्णय । एन्फा विधान विपरीत विशेष साधारणसभा गर्न प्रयत्न गरेको तथा शहिद स्मारक लिग खेल्ने बहुमत क्लबहरूले विधानअनुसार साधारणसभा गर्न माग गरेकोमा सोको समेत बेवास्ता गरिएको ।
२. नयाँ आर्थिक वर्ष (आ.व. २०८०/८१) भएको दुई महिना बितिसक्दा पनि एन्फाको विधान, आर्थिक नियामवाली तथा प्रचलित नेपाल कानूनअनुसार साधारण सभाबाट बजेट पास नगरी अनाधिकृत रुपमा बिनाआवश्यक अख्तियारी आर्थिक कारोवार गरेको ।
३. एन्फाको १६औं साधारण सभामा विभिन्न विषयहरुमा असहमति रहँदा रहँदै अवैध तवरले विषय वस्तुहरु पारित भएको घोषणा गरिएको । स्पष्ट बहुमत नपुगेमा त्यस्ता विषयवस्तुलाई मतदानद्वारा निर्णयार्थ प्रस्तुत नगरि पारित गरिएको । अनुपालन समिति, अनुशासन समितिलगायतका स्वतन्त्र समितिका सदस्यहरुको विधानबमोजिम इन्टेग्रिटि परिक्षण नगरेको ।
४. बहुमत कार्यकारी सदस्यहरुले माग गरेको बुँदाहरू कार्य समितिमा छलफल नै नगरिएको वा गर्न नदिइएको ।
५. यसअघिको साधारणसभाबारे पारित प्रस्ताव गरिएको टेक्निकल सेन्टर) गरिएको योजनाहरुलाई (जस्तै पोखरामा प्रस्ताव गरिएको टेक्निकल सेन्टर) आफू अनुकुल गराउन दुराशय राखि आपतकालीन बैठकद्वारा रद्द गर्न कार्य गरेको । साधारणसभाबाट निर्णय भइसकको विषयलाई अन्यथा हुनेगरी कार्यसमितिको आपत्कालिन समितिको बैठकबाट रद्द गरी फिफालाई एन्फाको आधिकारिक निर्णय परिवर्तन भएको जानकारी गराएको ।
६. साधारणसभाबाट नियुक्त हुनपर्ने नीतिगत विषयहरुमा कार्यसमितिबाट स्वेच्छाचारी ढंगबाट निर्णय गरिएको । विधानमा स्पष्ट रुपमा लेखापरीक्षकको नियुक्ति साधारणसभाबाट हुने भनिएपनि कार्यसमितिबाट त्यस्तो नियुक्ति गर्ने निर्णय गरिएको ।
७. नेपाली फुटबल तथा एन्फाको अन्तर्राष्ट्रिय छविमै दाग आउने गरी फिफा विश्वकपं कतारको खेलका टिकटहरु राजनीतिक अनुग्रह प्राप्त गर्नका लागि एएफसी पदाधिकारीलाई अनाधिकृतरूपमा प्रदान गरी भ्रष्ट व्यवहारमा संलग्न भएको।
८. विधानबमोजिम वार्षिक हुनुपर्ने रूपमा साधारणसभा नगरिएको ।
९. शहिद स्मारक लिगको संरचना बिगारेको, लिगहरु सञ्चालन गर्न नसकेको र राष्ट्रिय लिग गर्न नसकेको ।
१०. डिभिजन क्लबहरुको मताधिकार कुण्ठित गरिएको ।
११. नेपाली फुटबललाई धराशायी बनाइएको ।
१२. क्लब एकेडेमी सञ्चालनमा बेवास्ता गरेको तथा ग्रासरूट कार्यक्रम सञ्चालन गर्न नसकेको ।
१३. बुटबल, धरान, च्यासल, रौतहटमा महिला एकेडेमी सञ्चालन गर्न तदारुकता नदेखाएको ।
१४. अवैधरुपमा पदाधिकारी नियुक्त गरी संस्थालाई थप आर्थिक भार पुर्याएको तथा पदाधिकारीहरूलाई सेवासुविधामा आर्थिक वृद्धि गराएको ।
१५. खेलाडी विदेश पलायन हुनबाट रोक्न कुनै पहल नगरेको ।
१६. एएफसीको अनुदानमा सञ्चालन गर्नुपर्ने खेलाडी रिह्याव सेन्टर सञ्चालन गर्न नसकेको ।
१७. महिला लिग तथा प्रतियोगिता सञ्चालन गर्न नसकेको ।
१८. जिल्लाको अनुदान दिन नसकिएको तथा प्रतियोगिता गर्न नसकिएको ।
१८. फिफाबाट आउने पूर्वाधारका लागि प्राप्त अनुदानलाई प्रतियोगिताहरू आयोजनाको लागि रकमान्तर गरिएको ।
December 9, 2023
एजेन्सी – स्पेनिस ला लिगामा शनिबार रियल म्याड्रिडले बराबरी खेलेको छ । रियल बेटिसको घरेलु मैदान बेनिटो भिल्लामरिनमा भएको खेलमा रियल १-१ को बराबरीमा रोकिएको हो । खेलको सुरुवाती समयमा नै राम्रो लयमा रहेका रोड्रिगोले सुरुवाती गोल गरेपनि गोल अफसाइडका कारण रद्द हुन पुग्यो । पहिलो हाफमा त्यसबाहेक रियलले स्पष्ट मौकाहरु भने बनाउन सकेन । […]
December 9, 2023
एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाईटेडले बर्नमाउथ विरुद्ध ३-० को लज्जास्पद हार बेहोरेको हो । शुक्रबार मात्रै युनाइटेडका प्रशिक्षक एरिक टेन हागले प्रिमियर लिगको ‘म्यानेजर अफ द मन्थ’ अवार्ड पाएपछिको खेलमा युनाइटेडले यस्तो हार बेहोरेको हो । बुधबार राति चेल्सी विरुद्ध सानदार प्रदर्शन गर्दै २-१ को जित […]
December 9, 2023
एजेन्सी – लिभरपुलले इंग्लिस प्रिमियर लिगमा शनिबार क्रिस्टल प्यालेस विरुद्ध पुनरागमन जित दर्ता गरेको छ । १-० ले पछि परेको अवस्था उल्ट्याउँदै लिभरपुलले २-१ को जित निकालेको हो । खेलको ५७औं मिनेटमा बेन कवान्साहले जिन-फिलिप मटेटा माथि फाउल गरेपछि प्यालेसले पेनाल्टीमा अग्रता लिने अवसर पाएको थियो । पेनाल्टीमा मटेटा आफैले गोल गर्दै खेलमा अग्रता लिएका […]