default_image

2 years ago

September 11, 2023

नेपाल म्यानमारसँग पराजित

4799 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत सोमबार म्यानमारसँग हार बेहोरेको छ ।

म्यानमारको यांगोनस्थित थुवुना रंगशालामा नेपाल खेलको अन्त्यतिर गोल खाँदै १-० को हात बेहोर्न बाध्य भएको हो । नेपालले अन्तिमतिर काउन्टर अट्याकमा गोल खाँदै खेल सुम्पन पुग्यो । विन नाइन तुनले काउन्टर अट्याकमा गरेको गोल नै म्यानमारको जितका लागि पर्याप्त रहयो । यसअघि पहिलो खेल गोलरहित बराबरीमा टुंगिएको थियो ।

पहिलो हाफमा नेपालले पाएको अवसर सदुपयोग गर्न नसक्दा खेल गोलरहित रहेको थियो । अन्जन विष्ट र आवास लामिछानेले पाएको अवसर सदुपयोग गर्न सकेनन् । दोस्रो हाफमा पनि नेपालले नै राम्रो आक्रमण बुनेको थियो । म्यानमारले पनि काउन्टर अट्याकमा केहि अवसर सिर्जना गर्यो ।

दोस्रो हाफको सुरुवात मै म्यानमारको प्रहार पोस्टमा लागेर बाहिरिएपछि नेपाल खेलमा पछि पर्नबाट बचेको थियो । ६६औं मिनेटमा जिलेस्पि जंग कार्कीले डिफेन्स लाइनलाई बिट गरेपनि उनको प्रहार अघि बढेका गोलरक्षकले बचाए ।

७३औं मिनेटमा नेपालका गोलरक्षक किरण चेम्जोङले उत्कृष्ट वान भर्सेस वान बचाउ गरे । त्यसको दुई मिनेट पछि दोस्रो हाफमा अन्जन विष्टको स्थानमा मैदान प्रवेश गरेका हिसुब थपलियाको प्रहार म्यानमार गोलरक्षकले बचाउ गरे ।

८६औं मिनेटमा म्यानमारले काउन्टर अट्याकमा गोल गर्दै खेलमा अग्रता लियो । नेपालका दिनेश हेन्जनले मनिष डाँगीको पासमा लिएको सट क्रसबारमा लागेको थियो । त्यही बल क्लियर गर्दै म्यानमारले नेपाली डिफेन्स एक्टिभ भएको अवस्थामा अग्रता लियो । विनले विंगबाट आएको बललाई सहजै फिनिस गर्दा म्यानमारले खेलमा अघि बढेको थियो । उक्त मुभका क्रममा असिस्टेन्ट रेफ्रीको झन्डा उठेको भन्दै नेपाली टोलीले गोल हुनुअघि नै खेल रोक्नुपर्ने माग समेत राखेका थिए ।

पहिलो खेलमा जिलेस्पी र हिसुबलाई डेब्यु दिएका अनेसेले दोस्रो मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी क्लबका दिनेश हेन्जनलाई पहिलो अन्तराष्ट्रिय खेल खेल्ने अवसर दिए । हेन्जन ८३औं मिनेटमा आवास लामिछानेको स्थानमा मैदान प्रवेश गर्दै आफ्नो पहिलो अन्तराष्ट्रिय खेल खेले ।

नेपालले अब अक्टोबरको अन्तराष्ट्रिय ब्रेकमा लाओस सँग फिफा वर्ल्ड कप छनोटको पहिलो चरणको खेल खेल्नेछ । खेल दशरथ रंगशालामा अक्टोबर १२ र लाओसमा अक्टोबर १७ तारिखमा हुनेछ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.