default_image

2 years ago

September 11, 2023

राष्ट्रिय टोलीबाट नवयूगको ५० खेल पूरा

1452 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड नवयुग श्रेष्ठको राष्ट्रिय फुटबल टोलीबाट ५० खेल पूरा भएको छ । घरेलु टोली म्यानमारविरुद्धको सोमबार भएको दोस्रो मैत्रीपूर्ण खेलको दोस्रो हाफमा मैदान प्रवेश गर्दै नवयुगले राष्ट्रिय टोलीबाट ५० औं क्याप जितेका हुन् ।

त्रिभुवन आर्मी फुटबल क्लबका सहकर्मी जिलेस्पीजंग कार्कीको ठाँउमा नवयुग ७२ औं मिनेटमा मैदान प्रवेश गरेका थिए । सन् २०१५ मा भारतविरुद्धको मैत्रीपूर्ण खेलमा ५५ औं मिनेटमा जगजित श्रेष्ठको ठाँउमा मैदान प्रवेश गर्दै नवयुगले राष्ट्रिय टोलीबाट डेब्यू गरेका थिए । नवयुगले राष्ट्रिय टोलीबाट ५० खेल खेल्ने क्रममा ८ खेल गरेका छन् ।

दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल म्यानमारसँग १–० ले पराजित भएको थियो । त्यसअघि शुक्रबार भएको पहिलो खेल गोलरहित बराबरीमा टुंगिएको थियो । अर्को महिना हुने विश्व कप छनोटको तयारीका सिलसिलामा नेपाली टोली मैत्रीपूर्ण खेलका लागि म्यानमार पुगेको हो ।

नवयुग नेपालले सन् २०१६ मा बंगबन्धु गोल्डकप र १२ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण जित्दा टोलीको महत्त्वपूर्ण सदस्य थिए । उनी नेपालले २०१६ नोभेम्बरमै एएफसी सोलिडारिटी कप जित्दा पनि टोलीमा थिए ।

नवयुगले राष्ट्रिय टोलीका लागि १ ह्याट्रिकसहित ८ गोल गरेका छन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.