default_image

2 years ago

September 12, 2023

रोनाल्डो बिना पोर्चुगलको ९ गोल!

5178 views

0 Bookmark

एजेन्सी – स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो निलम्बित भएपछि उनी बिना मैदानमा उत्रेको पोर्चुगलले यूईएफए युरो छनोट अन्तर्गतको खेलमा लक्जेमबर्गलाई ९-० को फराकिलो अन्तरले हराएको छ ।

पोर्चुगलको इस्ताडियो अलगार्भेमा भएको खेलमा पोर्चुगलले लक्जमबर्ग विरुद्ध ठूलो अन्तरको जित निकालेको हो । पछिल्लो छ खेलमा पोर्चुगलले लक्जमबर्ग विरुद्ध २१ गोल गरेको थियो र फेरिपनि त्यही प्रभुत्वलाई निरन्तरता दियो ।

पोर्चुगलको जितमा रोनाल्डोको ठाउँमा सुरुवाती ११ मा स्थान बनाएका गोन्कालो रामोस, डिफेन्डर गोन्कालो इनासियो र डिएगो जोटाले समान २-२ गोल गरे भने जोअ‍ाअ‍ो फेलिक्स, डिएगो होर्टा र ब्रुनो फर्नान्डेजले समान १-१ गोल थपे ।

रामोसले गत विश्वकपमा पनि रोनाल्डोकै स्थानमा खेलेर स्विट्जरल्याण्ड विरुद्ध प्रि-क्वाटराइनलमा ह्याट्रिक गरेका थिए । सोमबार पनि सुरुवात गर्ने मौका पाएका उनले दुई गोल गरे । पहिलो हाफमै ४ गोल गरेको पोर्चुगलले दोस्रो हाफमा ५ गोल थपेको थियो ।

लक्जेमबर्ग रोनाल्डोको अन्तराष्ट्रिय फुटबलमा सबैभन्दा सफल प्रतिद्वन्द्वी हो । उनले अन्तराष्ट्रिय फुटबलमा गरेका १२३ गोल मध्य सबैभन्दा धेरै ११ गोल लक्जेमबर्ग विरुद्ध गरेका छन् । पहिलो कार्डको संचयले गर्दा निलम्बनमा परेसँगै उनले अन्तराष्ट्रिय फुटबलमा १२३ गोलको कीर्तिमान लक्जेमबर्गका विरुद्ध थप फराकिलो गर्ने अवसर पाएनन् ।

छनोटको समूह ‘जे’मा रहेको पोर्चुगलको छ खेलमा छ जितसहित १८ अंक रहेको छ भने दोस्रो स्थानमा रहेको स्लोभाकियाको १३ अंक छ । स्लोभाकियाले गएराति नै लिक्टेन्स्टाइनलाई ३-० ले हराएको हो ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.