2 years ago
September 12, 2023
काठमाडौं (हाम्रो खेलकुद)– अर्को महिना स्वदेशमा हुने साफ यू १९ को तयारीमा रहेको नेपाली ,टोलीको प्रशिक्षणमा रहेका खेलाडीको संख्या २५ जनामा झारिएको छ ।

चरणबद्ध रुपमा गरिएको छनोटबाट सोमबार टोलीका मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले ३० बाट २५ खेलाडीको छनोट गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । दशरथ रंगशालामा असोज ४ देखि १३ सम्म हुने च्याम्पियनसिपमा ६ देशका टोलीले प्रतिस्पर्धा गर्नेछन् ।।
नेपाल रहेको समूहमा पाकिस्तान र माल्दिभ्स छन् । अर्को समूहमा भारत, बंगलादेश र भुटान छन् । नेपालले असोज ४ गते पाकिस्तानसँग, असोज ८ गते माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ ।
यू १९ मा छनोट भएका २५ खेलाडी
गोलकिपर – जियारथ शेख, रविन बोगटी, अमित तामाङ
डिफेन्डर – सेमन्ता थापा, विशाल नेपाली, विक्रम तामाङ, आयुष तिम्सिना, आश्विन घोरासाइने, दीपक थापा मगर, निशाङ पाराङडेन (लिम्बु), निशान्त तामाङ, गौरव महर्जन
मिडफिल्डर – कुशल देउला, लक्षु थापा, प्रशान्त लक्षम, अभिनाश स्याङ्तान, अनिल भोम्जन, धनसिंह बिके, हरिशराज भट्ट, निरज कार्की, नेल्सन तामाङ
फरवार्ड – समिर तामाङ, निराजन धामी, सुजन डंगोल, सिद्धार्थ अधिकारी

December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]