default_image

2 years ago

September 13, 2023

इंग्ल्याण्डले छिमेकी स्कटल्यान्डलाई हरायो

691 views

0 Bookmark

एजेन्सी – मिडफिल्डर जुड बेलिङघमले आफ्नो उच्च लयलाई निरन्तरता दिँदा इंग्ल्याण्डले गएराती भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जित हासिल गरेको छ । इंग्ल्याण्डले छिमेकी प्रतिद्वन्द्वी स्कटल्याण्डलाई ३-१ ले हराएको हो ।

स्कटल्याण्डमा भएको खेलमा इंग्ल्याण्डले सहज जित निकाल्यो । इङ्ल्यान्डका लागि ६ सयौं जित निकाल्ने क्रममा कप्तान ह्यारी केन, जुड बेलिङ्घम र फिल फोडेनले एक-एक गोल गरे । स्कटल्यान्डले भने एक गोल आत्मघाती गोलको रूपका उपहार पाएको थियो ।

क्लबमा निकै कम अवसर पाएपनि राष्ट्रिय टिममा परेर विवादित बनेका म्यानचेस्टर युनाइटेडका ह्यारी मगाएरले आत्मघाती गोल गरेका थिए ।

सन् १९९९ यता इंग्ल्याण्डलाई हराउन नसकेको स्कटल्याण्डले खेलको पहिलो हाफमै दुई गोल खाएको थियो । फिल फोडेनले आफ्नै क्लब सहकर्मी काइल वाल्करको पासमा ३२ औं मिनेटमा अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि नै बेलिङघमले पाएको अवसरलाई गोलमा परिणत गरे ।

६७ औं मिनेटमा लिभरपुल डिफेन्डर एन्डी रोबर्टसनको क्रसलाई मगाएरले आफ्नै पोस्टको दिशा दिए । तर बेलिङघमको पासमा कप्तान केनले गोल गर्दै जित सुनिश्चित गरे ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.