default_image

9 years ago

January 17, 2017

कान्तिपुरलाई मिडिया कप फुटबल उपाधि

127 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कान्तिपुर मिडिया ग्रुपले मिडिया कप फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको मिडिया कपको आठौं संस्करणको फाइनलमा कान्तिपुरले पूर्व विजेता इमेज च्यानललाई टाइब्रेकरमा ५–४ गोलले हराउँदै उपाधि रक्षा गरेको हो । कान्तिपुरले ५० हजार र इमेजले २५ हजार रुपैयाँ प्राप्त गरे ।

8th-media-cup-winner-kantipur
निर्धारित ६० मिनेटको खेलमा सुनील ताम्राकारले पाँचौं मिनेटमा गोल गर्दै अग्रता दिलाएपनि ५५ औं मिनेटमा कान्तिपुरका सन्तकुमार श्रेष्ठले बराबरी गोल फर्काए । थप १५ मिनेटमा पनि दुवै पक्षबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकर भएको थियो ।

टाइब्रेकरमा कान्तिपुरका सन्तकुमार, सुरज मोक्तान, समिर तामाङ, निराजन कार्की र नवीन खड्काले गोल गरे । इमेजका सम्बन्धम प्रधान, जनक गुरुङ, सुनील र विजय कार्कीले गोल गरे । योद्धा थापा गोल गर्न असफल भएपछि इमेज पराजित भएको थियो ।
नेपाल ओलम्पिक संग्राहलयद्वारा आयोजित प्रतियोगितामा इमेजका देवेन्द्र महर्जन उत्कृष्ट खेलाडी तथा एपी वान टेलिभिजनका विवेक श्रेष्ठ उत्कृष्ट गोलकिपर चुनिए । रेडियो नेपाल ‘फेयर प्ले’ टिम घोषित भयो । प्रतियोगिताभर ४ गोल गरेका कान्तिपुरका सुरज मोक्तान सर्वाधिक गोलकर्ता बने ।
विजेतालाई सांसद् मोहनकुमार राई, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पा, नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्ट, नेपाल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर विजेशराज घिमिरे र नेपाल मिडिया सोसाइटीका अध्यक्ष पुष्करलाल श्रेष्ठले पुरस्कृत गरे । पुस २४ गतेदेखि सुरु प्रतियोगितामा ७ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

December 11, 2025

वसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]

December 11, 2025

आर्सनलको‌ लगातार जित

एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]

Success

Thank you for your time.