2 years ago
September 16, 2023
एजेन्सी – स्टार फरवार्ड किलियन एमबाप्पेले दुई गोल गरेपनि फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लिगमा पहिलो हार बेहोरेको छ ।

पिएसजीको घरेलु मैदान पार्क डे प्रिन्सेसमा निसले पिएसजीमाथि ३-२ को जित निकालेको हो । खेलको २१ औं मिनेटमा तेरेम मोफीले गोल गर्दै घरेलु समर्थकलाई स्तब्ध पारेका थिए । तर एमबाप्पेले २९ औं मिनेटमा अक्रफ हाकिमीको पासमा गोल गर्दै खेल बराबरीमा ल्याए ।
दोस्रो हाफको ५३ औं मिनेटमा गेतान लाबोर्डले पुन: निसलाई अग्रतामा लगे । ६८ औं मिनेटमा नाइजेरियन फरवार्ड मोफीले व्यक्तिगत दोस्रो गोल गर्दै ३-१ को अग्रता दिलाए ।
८७ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै खेलमा फर्काउने प्रयास गरेपनि पिएसजी हार बेहोर्न बाध्य भयो । एमबाप्पेले सिजनको चौथो खेल खेलिरहँदा सातौं गोल गरेपनि टोलीलाई पहिलो हारबाट टाढा राख्न सकेनन् ।
यस हारले पिएसजी अंक तालिकाको तेस्रो स्थानमा झरेको छ । टोलीको ५ खेलमा ८ अंक छ । मोनाको ४ खेलमा १० अंक तथा निस ५ खेलमा ९ अंकसहित शीर्ष दुई स्थानमा छन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]