9 years ago
January 18, 2017
पोखरा (हाम्रो खेलकुद)– मोफसलको प्रतिष्ठित आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो खेल अब केही समयपछि पोखरा रंगशालामा सुरु हुँदैछ । पहिलो चरणको दोस्रो खेलमा आज विभागिय टोली एपिएफले धरान फुटबल क्लबको सामना गर्नेछ । धरान तीन बर्षपछि आहा रारा खेल्न पोखरा आएको हो ।

एपिएफ (फाइल तस्बिर)
अर्को गत महिना सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेको एपिएफले त्यसपछिका दुई प्रतियोगितामा भने उपाधि जित्न सकेन । सातौं खेलकुद पछि टुबोर्ग हेटौडा गोल्डकप खेलेको एपिएफ र झापाको काँकरभिट्टा गोल्ड कपमा सहभागि भएको थियो ।
काँकरभिट्टामा टोलीले फाइनल सम्मको यात्रा तय गरेको थियो । आहा रारा गोल्डकपमा पनि एपिएफको पछिल्लो केही बर्ष राम्रो हुन सकेको छैन । टोली पछिल्लो दुई संस्करणमा टोली पहिलो चरणबाटै बाहिरिदै आएको छ । अब यसपटकको पहिलो चरणमा धरानको चुनौति पार गर्ने माघ ९ गते लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीको सामना गर्नेु पर्ने हुन्छ ।
एपिएफलाई स्वर्ण पदक दिलाउन फाइनलमा आर्मीविरुद्ध २ गोल गरेका अन्जन विष्ट अहिले टोलीमा छैनन् । स्पेनिस क्लब मार्लेबामा अभ्यास गर्न अन्जन अघिल्लो साता त्यसतर्फ प्रस्थान गरेका थिए ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]