2 years ago
September 17, 2023
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले रियल बेटिसमाथि उत्कृष्ट जित निकालेको छ ।

बार्सिलोनाको फराकिलो ५-० जितमा जोआओ फेलिक्स, रोबर्ट लेवान्डोस्की, फेरान टोरस, राफिन्हा र जोआओ क्यान्सेलोले समान १-१ गोल गरे ।
सधैंझै सुरुवात देखि नै बलमा कब्जा जमाएको बार्सिलोनाले खेलमा अग्रता भने २५औं मिनेटमा लिएको थियो । यही सिजन लोनमा भित्रिएका पोर्चुगिज खेलाडी जोआओ फेलिक्सले क्लबका लागि पहिलो गोल गर्दै खेलमा अग्रता दिलाएका थिए । ओरीयल रोमेउको क्रसमा फेलिक्सले पहिलो प्रयासमा बलमा चाहेको जस्तो सम्पर्क नपाएपनी दोस्रो प्रयासमा किपरलाई छक्याउँदै बललाई जालि चुमाएका थिए ।
३२औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले अग्रता दोब्बर बनाए । आन्द्रियास क्रिस्टेनसेनको पास फेलिक्सले छोडेर बेटिस डिफेन्सलाई चकित पारेपछि लेवान्डोस्कीले बललाई सहजै पोस्टको दिशा देखाए ।
४३औं मिनेटमा लेवान्डोस्कीलाई व्यक्तिगत दोस्रो गोल गर्ने अवसर आएको थियो तर उनको सट बेटिस गोलकिपर सिल्भाले बचाए ।
पहिलो हाफको थपिएको समयमा बेटिसले बार्सिलोनाको अग्रता घटाउने सुन्दर मौका पाएको थियो । रियल म्याड्रिडका पूर्व खेलाडी इस्कोको सुन्दर पासमा विलियन जोसेको प्रहार बार्सिलोनाका गोलरक्षक टेर स्टेगनले सुन्दर बचाउ गर्दै विफल परेका थिए ।

त्यसको एक मिनेट पश्चात जोआओ फेलिक्सले पनि व्यक्तिगत दोस्रो गोल गर्ने मौका पाएका थिए । फेरान टोरसको पासमा उनले लिएको सट बेटिस गोलकिपर सिल्भाले पुनः बचाए ।
५९औं मिनेटमा फेलिक्सले बललाई पोस्टमा पठाएपनि गाभी अफसाइड रहेको निर्णयले उनी व्यक्तिगत दोस्रो गोल गर्नबाट चुके । त्यसको तीन मिनेट पछि भने बार्सिलोनाले तेस्रो गोल गर्यो ।
यस सिजन पहिलो पटक सुरुवाती रोजाइमा परेका फेरान टोरेसले उत्कृष्ट फ्रि-किक प्रहार गर्दै गोल गरेका थिए । लियोनेल मेस्सीले सन् २०२१ मा क्लब क्लब छाडेदेखिको यो बार्सिलोनाका लागि पहिलो फ्रि-किक गोल समेत हो ।
६६औं मिनेटमा राफिन्हाले मैदान पसेको तीन मिनेटमा अर्को गोल थपे । उनको डी-बक्स बाहिर बाट प्रहार गरेको गोलको मद्दतले बार्सिलोनाले ४-० को अग्रता लिन सफल भएको थियो ।
८१औं मिनेटमा अर्का नयाँ अनुबन्ध पोर्चुगिज खेलाडी जोआओ क्यान्सेलोले पनि क्लबका लागि खाता खोले । बक्सको दायाँतर्फ बाट सटिक प्रहार गर्दै उनले अग्रता अझै सुदृढ बनाए ।
जित हासिल गरेको बार्सिलोना लालिगाको शीर्ष स्थानमा उक्लिएको छ। बार्सिलोनाको पाँच खेलमा १३ अंक रहेको छ । एक खेल कम खेलेको रियल म्याड्रिड १२ अंक सहित दोस्रो स्थानमा छ । म्याड्रिडले आज राती रियल सोसिएडाडको सामना गर्ने छ । उता हार बेहोरेको रियल बेटिस भने सात अंक सहित नवौं स्थानमा छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]