default_image

1 week ago

September 18, 2023

चेल्सी रोकियो, आर्सनलको जित

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार साँझ भएको खेलमा चेल्सी बराबरीमा रोकिँदा छिमेकी आर्सनलले जित हासिल गरेको छ । बर्नमाउथको घरेलु मैदान भिटालिटी स्टेडियममा भएको खेलमा चेल्सी र बर्नमाउथ दुवै टोलीले गोल गर्न सकेनन् । सुरुवाती समयदेखि चेल्सीले खेलमा अवसर खेर फालेको थियो । तेस्रो मिनेटमा कनर ग्यालाघरले लिएको प्रहार गोल हुन सकेन । […]

768 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार साँझ भएको खेलमा चेल्सी बराबरीमा रोकिँदा छिमेकी आर्सनलले जित हासिल गरेको छ ।

बर्नमाउथको घरेलु मैदान भिटालिटी स्टेडियममा भएको खेलमा चेल्सी र बर्नमाउथ दुवै टोलीले गोल गर्न सकेनन् । सुरुवाती समयदेखि चेल्सीले खेलमा अवसर खेर फालेको थियो ।

तेस्रो मिनेटमा कनर ग्यालाघरले लिएको प्रहार गोल हुन सकेन । १३औं मिनेटमा निकोलस ज्याक्सनको प्रहार पोस्टमा लाग्यो ।

१८औं मिनेटमा चेल्सीमा गोलरक्षकले ओउटाराको प्रहार सजिलै बचाउ गरे । ३३औं मिनेटमा ग्यालाघरको अर्को प्रहारलाई बर्नमाउथ गोलरक्षक नेटोले राम्रो बचाउ गरे ।

५०औं मिनेटमा लेवी कोलविलले गरेको गोल अफसाइड हुँदा मान्यता पाएन । स्टर्लिङले लिएको फ्रि-किक पोस्टमा लागेपछि कोलविलको खुट्टामा आएको थियो । तर अफसाइड भएपछि उनी चेल्सीको लागि पहिलो गोल गर्न बाट बञ्चित भए । ६५औं मिनेटमा नेटोले ज्याक्सन र ग्यालाघरको प्रहार लगातार केही सेकेन्डमै विफल पारे।

८०औं मिनेट सोलाङकीको प्रहार सान्चेजले उत्कृष्ट बचाउ गरेर विफल पारे । ८५औं मिनेटमा फेरि पाल्मरको प्रहार नेटोले उत्कृष्ट बचाउ गरे ।

बराबरी पछि पाँच खेलमा एक जित र दुई बराबरी सहित पाँच अंकमा १४औं स्थानमा छ। बर्नमाउथ भने एक जित सहित टिम अंकमा एक स्थान तल छ ।

गएराति नै भएको दोस्रो खेलमा आर्सनलले एभर्टनलाई १-० ले हरायो । खेलको एकमात्र गोल लियान्ड्रो ट्रोसार्डले ६९औं मिनेटमा गरेका थिए ।

जितपछि आर्सनल पाँच खेलमा चारमा जित र तिनमा हार सहित चौथो स्थानमा छ । हारेको एभर्टन पाँच खेलमा मात्र एक अंकसहित १८औं स्थानमा रहेको छ। पाँचौं चरणको खेल चलिरहँदा म्यानचेस्टर सिटीको मात्र शत प्रतिशत जित नतिजा छ ।

September 25, 2023

फुटबल प्रशिक्षक कटुवाललाई मातृशोक

बिर्तामोड (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका सहायक प्रशिक्षक तथा पूर्वराष्ट्रिय खेलाडी प्रवेश कटुवाललाई मातृशोक परेको छ । सैनिक युथ क्लबका उपाध्यक्ष समेत रहेका कटुवालकी आमा ईन्द्रमाया कटुवालको आइतबार साँझ ७ बजे उपचारको क्रममा बिर्तामोडस्थित मनमोहन अस्पतालमा निधन भएको हो । उनी मिर्गाैलासम्बन्धी रोगबाट पीडित थिइन् । २०१५ सालमा जन्मिएकी ईन्द्रमायाका प्रवेश र गणेश […]

September 25, 2023

लिभरपुलको जित, चेल्सी भिल्लासँग पराजित

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुल विजयी हुँदा अर्को खेलमा चेल्सी भने पराजित भएको छ । लिभरपुलले वेस्ट ह्यामलाई ३-१ ले पराजित गर्दै चेल्सीले भने एस्टन भिल्लासँग १-० को साँघुरो हार बेहोर्यो । लिभरपुलका लागि मोहम्मद सालाह, डार्विन नुनेज र डिएगो जोटाले समान एक-एक गोल गरेका थिए । वेस्ट ह्यामका लागि […]

September 25, 2023

म्याड्रिड डर्बीमा एटलेटिको विजयी

एजेन्सी – स्पेनिश लालिगा अन्तर्गत प्रतिष्ठित म्याड्रिड डर्बीमा एटलेटिको म्याड्रिडले जित हासिल गरेको छ । एटलेटिकोको घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा भएको खेलमा एटलेटिको मड्रिडले आफ्नै सहरको प्रतिद्वन्द्वी रियल मड्रिडलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । एटलेटिकोको जितमा अल्भारो मोराटाले दुई तथा एन्टोवान ग्रिजम्यानले एक गोल गरेका थिए। रियलका लागि टोनी क्रुसले एक गोल गरे। […]

Success

Thank you for your time.