2 years ago
September 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – १९औं एसियाड अर्थात् एसियाली खेलकुदमा सहभागी हुने २२ सदस्यीय नेपाली महिला फुटबल टोली चीनतर्फ प्रस्थान गरेको छ ।

चीनको हाङझावमा हुने एसियाली खेलकुदको १९औ संस्करणमा नेपाली महिला टोलीले पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो । नेपाली टोलीको प्रशिक्षकमा बालगोपाल महर्जन रहेका छन् । निकै विवाद पश्चात उनी प्रशिक्षकको भूमिकामा आएका थिए ।
नेपाल रहेको समूह ‘डी’मा साफ च्याम्पियनसिप विजेता बंगलादेश सहित जापान र भिएतनाम रहेका छन् । नेपालले समुहको पहिलो खेलमा भियतनाम विरुद्ध सेप्टेम्बरमा २२ का दिन खेल्नेछ । त्यसपछि जापान सेप्टेम्बेर २५मा नेपालको प्रतिद्वन्द्वी हुँदा सेप्टेम्बेर २८मा नेपालले बंगलादेशसँग खेल्ने छ ।
नेपालले भियतनाम र बंगलादेश विरुद्ध हालै मात्र खेलेको थियो । नेपालले जुलाईमा बंगलादेशलाई दुई खेलको मैत्रीपूर्ण सिरिजमा पराजित गरेको थियो भने पेरिस ओलम्पिक महिला फुटबल छनोटका दुई घरेलु खेलमा भियतनामसँग पराजित भएको थियो ।
हाङझाव एसियाडमा नेपालका तर्फबाट एक सय २७ महिला र एक सय २६ पुरुष खेलाडीले चुनौती प्रस्तुत गर्नेछन् । एसियाली खेलकुदको सहभागितामा नेपालले अहिले सम्म २ रजत र २४ कास्य पदक जितेको छ । नेपाल सरकारले यसअघिनै चिन जाने सम्पूर्ण नेपाली खेलाडीहरूलाई विदाई गरिसकेको छ ।
नेपाली टोली:
गोलरक्षक: एन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ
डिफेन्डरः अमृता जैशी, गीता राना, हिरा कुमारी भुजेल, पुजा राना, विमला विक, निशा ठोकर, समिक्षा घिमिरे
मिडफिल्डरः रेनुका नगरकोटे (कप्तान), सरु लिम्बु, विमला चौधरी, अनिता बस्नेत, प्प्रिति राई, दिपा शाही
फरवार्डः सावित्रा भण्डारी, अनिता केसी, सबिता राना मगर, रश्मी कुमारी घिसिङ, अमिषा कार्की, रेखा पौडेल
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]