default_image

9 years ago

January 18, 2017

आहा रारा गोल्ड कप – एपिएफ र धरानबीचको पहिलो हाफमा गोलरहित बराबरी

119 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – आहा रारा गोल्ड कप फुटबल प्रतियोगितामा बुधबार एपिएफ र धरान फुटबल क्लबबीचको प्रतिस्पर्धाको पहिलो हाफसम्म गोलरहित बराबरी भएको छ ।

apf-va-dharn
दुवै टोलीले थोरै मात्र अवसर पाएपनि उपयोग गर्न सकेनन् । १६ ओं मिनेटमा नवीन लामाको क्रसमा युवराज खड्काको प्रहार धरानका गोलकिपरले रोके । त्यस्तै एपिएफले २७ औं मिनेटमा गोल गर्ने राम्रो मौका खेल फाल्यो । कर्नरमा आएको बलमा राजेन्द्र रावलको प्रहारलाई धरानका गोलकिपरले जोगाएका थिए ।
३३ औं मिनेटमा धरानका निशान लिम्बुले गोल गरेपनि फिफा रेफ्री विकास महतले अफसाइड लिए । त्यस्तै २० औं मिनेटमा धरानका निशानको प्रहार एपिएफका गोलकिपर अमृतले रोके ।
एपिएफले अहिले सम्म आरा रारा गोल्डकप जित्न सकेको छैन ।
छैटौं संस्करणको फाइनलमा पुग्नु आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको एपिएफको अहिले सम्मको उच्च प्रदर्शन हो । अर्कोतिर आहा रारा गोल्ड कपको यसअघिका १२ पटक सहभागितामा धरानले एउटा मात्र खेल जितेको छ । २०७० को १२ औं आहा गोल्ड कपको आफ्नो पहिलो खेलमा धरानले आर्मीलाई २–१ ले हराएको थियो ।

आहा रारामा चौथो संस्करणपछि एपिएफ र धरान आज पहिलो पटक भिड्दैछन् । त्यति बेला २–२ को बराबरीपछि एपिएफ टाइब्रेकरमा ४–३ ले विजयी भएको थियो । आहा रारा गोल्डकप एपिएफको नवौं र धरानको १३ औं सहभागिता हो ।

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

December 11, 2025

वसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]

December 11, 2025

आर्सनलको‌ लगातार जित

एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]

Success

Thank you for your time.